Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाका कारण सुस्ताएको भरतपुरमा हवाई सङ्ख्या र यात्रु बढे

कोरोनाका कारण सुस्ताएको भरतपुरमा हवाई सङ्ख्या र यात्रु बढे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७७ बिहिवार • ११:४८:५५ बजे
  • 1.1K
    SHARES
  • कोरोनाका कारण सुस्ताएको भरतपुरमा हवाई सङ्ख्या र यात्रु बढे

    कोरोनाका कारण सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अङ्ग्रेजी नयाँ वर्षसँगै उत्साह जनकरूपमा बढेको छ ।

    images

    सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीका लागि उत्साहजनक रहेको पाइएको छ ।

    नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार गत जनवरी महिनामा मौसमले कयौँ उडान रद्द हुँदा पनि भरतपुरमा विभिन्न एयरलाइन्सको २०५ वटा उडान र अवतरण भएका छन् । सो अवधिमा छ हजार ४७१ यात्रु भित्रिएका थिए भने छ हजार ७२२ यात्रु बाहिरिएका थिए ।


    यस अवधिमा भरतपुर विमानस्थलबाट १३ हजार १९३ ले सेवा लिएका छन् । डिसेम्बरमा १४ हजार ८८९ यात्रुले सेवा लिएका छन् । जनवरीमा हवाई यात्रुको सङ्ख्या कम हुनुमा मौसमको खराबीले कयौँ दिनसम्म उडान रद्द हुनु मुख्य कारण रहेको भरतपुर विमानस्थलले जनाएको छ ।

    विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले कोरोनाको महामारीपछि विस्तारै तुलनात्मकरूपमा हवाई यात्रुको सङ्ख्या बढिरहेको बताए । उनले भने, ‘चितवनमा हवाई उडानमा खर्च गर्ने नागरिकको क्षमता बढ्दै गएको छ । कोरोनाका कारणले हवाई यात्रु थप सुरक्षित महसुस गरेका छन् ।’

    उनले कोरोनाको त्रास घट्दै गएर चितवनमा पर्यटकीय गतिविधि बढ्दै गएकाले पनि हवाई यात्रु बढेको बताए। भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एकै दिन राष्ट्रिय खेलाडी र कलाकार विमान चार्टर्ड गरेर क्रिकेट खेल्न आएका थिए ।

    यस्ता गतिविधि बढ्दै गएमा झनै हवाई यात्रु बढ्ने प्रमुख कुँवरले जनाए। उनले कतिपय मानिसले मन्त्रालयमा एकैदिन काम सकेर फर्किन हतार भएकाले पनि हवाई यात्रा रोज्ने गरेको बताए।

    भरतपुर विमानस्थलका कम्प्युटर अपरेटर उचित पौडेलका अनुसार गत वर्ष सेप्टेम्बरमा जम्मा हवाई यात्रु एक हजार ७९६, अक्टोबरमा आठ हजार ५६० र नोभेम्बरमा यो सङ्ख्या बढेर ११ हजार ७८४ पुगेको छ ।

    मौसमको खराबीका कारण बेलाबेला पूर्वनिर्धारित उडानका तालिका प्रभावित भए पनि जनवरी महिनाको तथ्याङ्कले हवाई सेवा कम्पनीले राम्रो फाइदा कमाउन सफल रहेको देखाएको छ ।

    बुद्धएयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले चितवनमा हवाई यात्रुको सङ्ख्या बढेर पुरानै अवस्थामा फर्कन लागेको बताए। उनले भने, ‘कोरोना महामारी अगाडि कै अवस्थामा भने पुगेको छैन तर यात्रुको सङ्ख्या उल्लेख्यरूपमा बढिरहेको छ ।’

    उनले अहिले भरतपुरमा छ वटा बुद्धएयरको उडान भइरहेको बताए। केही दिनअघि मात्र बुद्धले थप एक उडान भर्न शुरु गरेको हो । विभिन्न ठाउँमा भएका राजनीतिक दलका ठूला कार्यक्रमले पनि हवाई यात्रु बढेको उनले बताए।

    माघ महिनामा मौसमका कारणले केही उडान रद्द भएकाले र बढी चिसोको कारणले केही यात्रु कम भए पनि फागुन लागेपछि झनै बढ्ने बस्नेतको भनाइ छ । दुईवटा उडान गर्दै आएको यती एयरलाइन्सले अहिले भरतपुरमा उडान सङ्ख्या तीनवटा बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भरतपुर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology