Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेतृ रामकुमारी झाँक्रीले आफै दिए गिरफ्तारी, राज्यविरुद्धको कसूरमा हिरासतमा राखिने

नेतृ रामकुमारी झाँक्रीले आफै दिए गिरफ्तारी, राज्यविरुद्धको कसूरमा हिरासतमा राखिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २९, २०७७ बिहिवार • १३:०३:३० बजे
  • 1.8K
    SHARES
  • नेतृ रामकुमारी झाँक्रीले आफै दिए गिरफ्तारी, राज्यविरुद्धको कसूरमा हिरासतमा राखिने

    नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफै गिरफ्तारी दिएकी छन । झाँक्रीलाई राज्यविरुद्धको कसूरअन्तर्गत पक्राउका लागि भनेर पक्राउ पूर्जी थमाइएको छ ।

    images

    नेपाल प्रहरीको अपराध महाशाखाका डीएसपी सुधीर शाहीले शंखमुलस्थित झाँक्रीको निवासमै पुगेर पक्राउ पूर्जी थमाएका थिए ।

    डीएसपी दुर्गाराज रेग्मीको हस्ताक्षर रहेको पक्राउ पूर्जीमा– झाँक्रीलाई राज्य विरुद्धको कसूरमा दफा ५८ अनुसार अनुसन्धान गर्ने गरी पक्राउ गर्न लागिएको उल्लेख छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर सोधपुछका लागि भन्दै प्रहरीले झाँक्रीलाई बोलाएको थियो ।

  • सम्बन्धित विषय:

  • # रामकुमारी झाँक्री
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology