Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

झाँक्री पक्राउ : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? - गगन थापा

झाँक्री पक्राउ : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? - गगन थापा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २९, २०७७ बिहिवार • १४:२२:०२ बजे
  • 1.4K
    SHARES
  • झाँक्री पक्राउ : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? - गगन थापा

    नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन्।

    images

    बिहीबार प्रचण्ड-नेपाल पक्षकी नेता रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर आरोपमा महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीको टोलीले पक्राउ गरेको छ।

    पक्राउ गरेपछि थापाले ट्वीट गरेका हुन्।

    'कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति,'उनले लेखेका छन्।

    त्यस्तै सरकारलाई झ्यालखानाको संख्या पनि थप्न भनेका छन्।

    'सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।'

    नेता झाँक्रीले यसअघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology