Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेतृ झाँक्री दोषी ठहर भएमा ७ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय

नेतृ झाँक्री दोषी ठहर भएमा ७ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २९, २०७७ बिहिवार • १४:२७:५६ बजे
  • 1.8K
    SHARES
  • नेतृ झाँक्री दोषी ठहर भएमा ७ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय

    पोखरा - नेकपा नेतृ रामकुमारी झाँक्रीलाई दोषी ठहर भएको अवस्थामा ७ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेको अभियोगमा उनी पक्राउ परेकी हुन् । प्रहरीले आज उनको शंखमूलस्थित घरमै गएर उनलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले झँक्रीलाई दिएको पक्राउ पुर्जीमा उनलाई राज्यविरुद्धको कसूर अन्तर्गतको दफा ५८ को कसूर गरेको अभियोगमा पक्राउ गरिएको उल्लेख छ । यो दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नपाइने व्यवस्था छ । मुलुकी अपराध संहिता मा यो दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने भनिएको छ ।

    दफामा भनिएको छ (१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।

    (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

    स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि संसद भन्नाले नेपालको संविधान बमोजिमको संघीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका संसदलाई समेत जनाउँछ ।

  • सम्बन्धित विषय:

  • # रामकुमारी झाँक्री
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology