Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद विघटनविरुद्धको रिटमाथि सरकारी वकिलको बहस सकियो

संसद विघटनविरुद्धको रिटमाथि सरकारी वकिलको बहस सकियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७७ बिहिवार • १६:५९:१० बजे
  • 1.6K
    SHARES
  • संसद विघटनविरुद्धको रिटमाथि सरकारी वकिलको बहस सकियो

    प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । बिहीवारको बहसको पहिलो एक घण्टा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारी वकिललाई समय दिएका थिए ।

    images

    बहसका क्रममा प्रधानमन्त्रीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीलाई संविधानले राजा र राणा प्रधानमन्त्रीलाई जत्तिकै अधिकार दिएकाले प्रतिनिधि सभा विघटन संविधानसम्मत नै रहेको जिकिर गरेका छन् । उनले प्रतिनिधि सभा विघटनको विरुद्धमा परेको रिट नै खारेजीको माग गरेका छन् ।

    यस्तै अर्का वकिल धर्मराज रेग्मीले प्रधानमन्त्रीले संसद्बाट सहयोग नपाएको कारण विघटन गरेको तर्क गरेपछि न्यायाधीश अनिलकुमार सिन्हाले चुनावबाट दुई तिहाइ जनमत आएन भने फेरि संसद् विघटन गरिदिने ? भन्दै प्रश्न गरेका छन् ।

    सरकारी वकिलका तर्फबाट बहस सकिएपछि अहिले सभामुख अग्नि सापकोटाका तर्फबाट वकिलले बहस गरिरहेका छन् । उनीहरूले संसद्ले प्रधानमन्त्रीलाई भरपूर सहयोग गरेको बताएका छन् । सभामुखको तर्फबाट बहस सकिएपछि एमिकस क्युरीको बहस सुरु हुने सर्वोच्च अदालतले जनाएको छ । एमिकस क्युरीको बहस सकिएपछि अदालतले फैसला सुनाउने छ ।

  • सम्बन्धित विषय:

  • # संसद विघटन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology