Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व निम्त्याउन खोजेः माधव नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व निम्त्याउन खोजेः माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७७ बिहिवार • १९:५६:३५ बजे
  • 1.3K
    SHARES
  • प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व निम्त्याउन खोजेः माधव नेपाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्धन्द्ध निम्त्याउन खोजेको बताएका छन् । विहिबार काठमाण्डौमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर ओलीले द्धन्द्धलाई निम्त्याएको बताएका हुन् । तात्कालिन शाही शासन कालमा पनि राजसंस्थाका पदाधिकारीमाथि टिकाटिप्पणी हुने गरेको र त्यसो गरेवापत कसैलाई पक्राउ नगरिएको भन्दै उनले वर्तमान सरकारले भने दिन दहाडै हतियार सहितका प्रहरी पठाएर झाँक्रीलाई पक्राउ गर्ने काम गरेको बताए ।

    images


    उनले भने “उहाँ द्धन्द्ध निम्त्याउन लाग्नु भएको छ । हिजो राजा विरेन्द्रकी श्रीमती ऐश्वर्यलाई पम्फादेवी को बैक खाता क्या हो ? भनेर तेत्रो नारा लाग्यो । बोलेका होइनन् ? तर कोही मान्छे गिरफ्तार भएका थिए ? आज त राष्ट्रपतिमाथि केही पनि बिग्रिएको होइन । उहाँले राष्ट्रपतिको गरिमामय पद र मर्यादामा होइन त्यही हैसियतमा उहाम्ँले गरेका कामहरुमा महिला भएर उन्मुक्ति पाउनुहुन्न भन्नुभएको हो । कोही पनि मान्छे आलोचना भन्दा माथि हुनसक्छन् ? संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेर बोलेको होइन । मेरो सरकार भन्न पाईन्छ ?”


    अध्यक्ष नेपालले नेतृ झाँक्रीलाई अपराधीलाई पक्रे जसरी पक्राउ गरेको सरकारसंग अपराधी, भ्रष्टाचारी, तस्कर र बलात्कारीलाई गिरफ्तार गर्नेे हिम्मत नभएको बताए। उनले आफ्ना अध्यक्षलाई चिडियाखानामा राखिदिने भनी अभिव्यक्ति दिने गृहमन्त्री राम बहादुर वादललाई कारवाही हुन्छ कि हुदैन भनी प्रश्न गरे।

    उनले भने“बोल्न पनि नपाउने ? भन्न पनि नपाउने ? मुखमा टेप लगाएर बस्नुपर्ने? अपमानजनक कुनै कुरा भनेको पनि लाग्दैन , तर हेर्नुहोस्् त दिन दहाडै हतियारबद्ध प्रहरीहरु पठाएर कुनै अपराधीलाई गिरफ्तार गर्न गएजस्तो । हिम्मत छैन अपराधीलाई गिरफ्तार गर्ने । चरम भ्रष्टाचारीहरु खुल्ला हिडिरहेका छन् । तस्कर, माफियाहरु खुल्ला हिडिरहेका छन् । राज्यको सम्पतिको दोहन गर्ने, जनविरोधीहरु खुल्ला हिडिरहेका छन् । बलात्कारीहरु खुल्ला हिडिरहका छन् । कतिले न्याय पाए ? कतिजना थुनामा परे ? कतिजना राज्यको दण्ड भोगिरहका छन् ? यसको जवाफ छ ? बलात्कारीलाई कारवाही गर भन्दा यो त प्राकृतिक प्रक्रिया हो नि भन्ने अनि आफ्नो अध्यक्षलाई चिडियाखाना राखिदिने भन्ने । यस्तो बोले वापत उनीमाथि कारवाही हुन्छ कि हुदैन ?”

    अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आन्तरिक लोकतन्त्र नमान्ने प्रधानमन्त्री केपी ओलीले देशको लोकतन्त्रको अभ्यासलाई पनि नमानेको बताए । लोकतन्त्रको अभ्यासलाई नमान्ने प्रमाणको रुपमा ओलीले संसद विघटन गरेको दाहालले बताए । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले पुर्व एमाले आफु र पुर्व माओवादी प्रचण्ड भएको भन्दै भन्दै सर्वसाधरणमा भ्रम छर्ने काम गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology