Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

‘रावण’ को जन्मस्थान म्याग्दीकाे पौलस्त्य आश्रम ओझेलमा

‘रावण’ को जन्मस्थान म्याग्दीकाे पौलस्त्य आश्रम ओझेलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७७ बुधवार • ०३:४६:४८ बजे
  • 2.3K
    SHARES
  • ‘रावण’ को जन्मस्थान म्याग्दीकाे पौलस्त्य आश्रम ओझेलमा

    म्याग्दी - धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्नसक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण स्थान प्रचारप्रसार, भौतिक पूर्वाधार र सम्बन्धित निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । लङ्काका राजा रावण जन्मिएको क्षेत्र भनेरश्रीमद्भागवत महापुराणमा समेत उल्लेख गरिएको पौलस्त्य पुलहाश्रम क्षेत्र गुमनाम बनेको छ ।

    images

    पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पुलाडाँडा नजिकै पर्छ । यही ठाउँमा रामायणमा वर्णन गरिएका वीर, पराक्रमीर तत्कालीन अवस्थाका महान् वैज्ञानिक रावणको जन्म भएको थियो भनेर श्रीमद्भागवत महापुराणलगायतका विभिन्न धार्मिक ग्रन्थमावर्णन गरिएको छ ।

    रामायणमा खलपात्रको रूपमा परिचित रावणको जन्मभूमि मानिएको एवं हिन्दूहरुको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमाउल्लेख गरिएका विश्वका १५ पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दीको पौलस्त्य आश्रम पनि हो ।

    श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्रलाई विश्वका अति पवित्र १५तीर्थस्थलमध्ये एक मानिन्छ । श्रीमद्भागवत महापुराणमा कुरु क्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्रतीर्थस्थलको रुपमा उल्लेख गरिएको छ ।

    पुराणप्रसिद्ध तीन ऋषि पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ ।पुराणअनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको मन्दिरका पुजारी पं‍ लीलाधर पौडेलले बताउनुभयो ।सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लागेको समयमा पानी पर्न थालेको र ऋषिद्वयले इन्द्रसँग प्राथनागरेर यज्ञ सम्पन्न भएपछि मात्र पानी पार्न भनेपछि धेरै समयपछि मात्र पानी परेको कुरा शास्त्रमा वर्णन गरिएको अर्का पुजारी तारापौडेलको भनाइ रहेको छ ।

    रावण जन्मेर हुर्के बढेको ठाउँ पनि पुलस्त्य आश्रमनै भएको पुराणमा उल्लेख गरिएको छ । पछि रावणले मुस्ताङ थाकखोलाकीथकालीकी छोरी ‘मन्दोदरी’ लाई विवाह गरी कालान्तरमा लङ्काको राजा भएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । त्यसैगरीपौलस्त्य क्षेत्र विकास समितिका उपाध्यक्ष रामबहादुर बानियाँका अनुसार पुलहाश्रम क्षेत्रमा रहेको पुलहाश्रम छेवैको ओढारमा अहिलेपनि त्यतिबेला होम गरिएका धान र जौका चरुहरु भेटिने गरेका छन् ।

    ओढारभित्र यज्ञका अवशेषको रुपमा रहेका चरुहरु भेटिनुले पनि यो ठाउँको महत्वलाई उजागर गरेको पौलस्त्य क्षेत्र विकास समितिकाउपाध्यक्ष बानियाँको भनाइ छ । पुलहाश्रमलाई ऋषिआश्रमका रूपमा विकास गर्ने, रावणको नाभी गाडेको भनिएको ठाउँमा ‘रावण कुटी’ बनाउने, रावण खेलेको भनिएको ‘राउन्नेको पाटो’लाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछै केबुलकार बनाउने, पुलस्त्य पुलहाश्रमक्षेत्र (साविकका पुला, घतान, अर्थुङे, पात्लेखेत, झीं, पाखापानी, सिंगा, कुहुं, ज्यामरूककोट, भकिम्ली, मल्लाज आदि) लाई धार्मिकपर्यटकीय क्षेत्र घोषणा गरी भारत, नेपाल र श्रीलङ्कामा प्रचारप्रसार गर्ने हो भने पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावनारहेको छ ।

    म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै बेनीको शिरमा रहेको पौलस्त्य पुलहाश्रम मन्दिरमा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुनु, मन्दिरको बारेमा प्रचारप्रसारको कमी, विकासका पूर्वाधार निर्माणमा बजेटको अभाव, सरोकारवाला निकायको बेवास्ताजस्ता कारणलेमन्दिर ओझेलमा पर्न गएको छ ।

    ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाको उच्च महत्व बोकेको मन्दिर विकासका गतिले पछाडि परेको हो । सदरमुकामबेनीबजारको हुलाकचोक भएर करीब डेढ घण्टाको पैदलयात्रा र ४५ मिनेटको सवारीसाधनको यात्रामा पुग्न सकिने भए पनि पुलहाश्रमलेखासै गति लिन सकेको छैन । पौलस्त्य ऋषिका नाति रावण जन्मिएको भनेर चिनिए पनि पुलहाश्रम मन्दिर आसपासका ठाउँमा भौतिकसंरचनाको अभाव देखिन्छ ।

    पौलस्त्य पुलहाश्रम मन्दिरका विषयमा जति चर्चा र परिचर्चा हुने गरेको छ, त्यो अनुसार मन्दिरको प्रचारप्रसार तथा विकासका पूर्वाधारनबन्दा मन्दिरमा मात्रै सीमित हुन पुगेको बताइएको छ । विगतमा मन्दिर व्यवस्थापन समितिले महायज्ञ लगाएर त्यसबाट सङ्कलितरकमले केही पूर्वाधारका काम भएपनि थप काम हुन सकेन ।

    धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको पौलस्त्य मन्दिरको विकासका लागि बेनी नगरपालिकामार्फत् आवश्यक जोड दिइएको भन्दैउपप्रमुख सन्जु बरुवालले प्रदेश सरकारले पनि यसको विकासमा आर्थिक सहयोग गरेको बताउनुभयो । नगरपालिका–५ का अध्यक्षलक्ष्मण बानियाँले वडाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसारमा जोड दिएको बताउँदै पर्यटन प्रवद्र्धनकालागि वडाबाट आवश्यक सिफारिससहित योजना माग गरिएको बताउनुभयो ।

    पौलस्त्य मन्दिरमा पुग्न बेनीदेखि पक्की पदमार्गसमेत निर्माण थालिएको छ । राउण्ड धौलागिरि बेसक्याम्पसम्म पुर्‍याउने लक्ष्य राखिएकोपदमार्ग धार्मिकस्थल पौलस्त्य पुलहाश्रम हुँदै अगाडि बढाउन निरन्तरता दिइने भएको छ । पौलस्त्य आश्रम गिठिनी सामुदायिक वनक्षेत्रमा पर्ने पौलस्त्य पुलहाश्रम मन्दिर नजिकै चालू वर्षमा सङ्घीय सरकारको रु पाँच लाखको बजेटमार्फत पर्यापर्यटनको कार्यक्रमपरेको छ ।

    पौलस्त्य पुलहाश्रम मन्दिरबाट सदरमुकाम बेनीबजार, लभ्लीहिल, पर्वतको मल्लाज क्षेत्र, मिलनचोक बजार, माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरिलगायत मनोरम हिमशृङ्खला देखिन्छन् । पौलस्त्य मन्दिरमा दैनिक रुपमा पूजाआजा हुँदै आएको छ । पछिल्लो समय यसमन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ ।

    साभार उज्यालो अनलाईन 

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology