Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अदालतले संसद पुनर्स्थापना नगरे आन्दोलनको बलमा पुनर्स्थापना हुन्छ : देव गुरुङ

अदालतले संसद पुनर्स्थापना नगरे आन्दोलनको बलमा पुनर्स्थापना हुन्छ : देव गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७७ शनिवार • ११:१५:१८ बजे
  • 1.2K
    SHARES
  • अदालतले संसद पुनर्स्थापना नगरे आन्दोलनको बलमा पुनर्स्थापना हुन्छ : देव गुरुङ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य देव गुरुङले सर्वाेच्च अदालतले प्रतिनिधि सभालाई पुनर्स्थापना नगरे आन्दोलनकाे बलमा पुनर्स्थापना हुने बताएका छन् ।

    images

    शुक्रबार बुटवलमा पत्रकारहरुसँग बोल्दै गुरुङले सर्वोच्च अदालतले विघटनलाई बदर गरेमा स्वतः सुचारु हुने र नभए आन्दोलनको बलमा पुनर्स्थापना हुने बताएका हुन् ।

    सर्वोच्चबाट विघटन बदर नभए अहिलेको आन्दोलन जनबिद्रोहमा परिणत हुनसक्ने गुरुङले औंल्याए ।गुरुङले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिले निर्णय गर्दैमा प्रतिनिधि सभा विघटन हुन सक्दैन । यो कदमको विरोधमा सबैजसो दल, नागरिक, समाज र मिडिया उभिएका छन् ।

    त्यसैले सर्वोच्चले संविधान अनुसार पुनर्स्थापना गर्छ भन्ने विश्वास छ, नभए आन्दोलनले गर्छ ।’ उनले प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरीत भएकाले चुनाव नहुने पनि बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology