Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रवासी स्रष्टाहरद्वारा 'प्रतिगमन' को विरोध 

प्रवासी स्रष्टाहरद्वारा 'प्रतिगमन' को विरोध 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७७ शनिवार • १२:०३:२१ बजे
  • 1.4K
    SHARES
  • प्रवासी स्रष्टाहरद्वारा 'प्रतिगमन' को विरोध 

    शेरबहादुर परियार यूरोप/ प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनको असर प्रवासमा पनि देखिको छ। प्रवासमा रहेका नेपाली स्रष्टाहरूले 'प्रतिगमन' को खुलेर विरोध गरेकाछन्।

    images

    विश्वका बिभिन्न देशहरूमा रहेका ६९ जना स्रष्टा तथा अभियानकर्ताहरूले प्रतिगमन विरुद्ध अग्रगमनका पक्षमा  प्रेस विज्ञप्ति जारी गर्दे प्रतिगमनकारी कदमको विरुद्धमा मुलुकका विभिन्न स्थानमा संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दै नागरिकद्वारा आयोजना गरिँदै आएका शान्तिपूर्ण प्रदर्शनहरूमाथि भइरहेका  निर्मम दमन र धरपकडले वर्तमान सरकारको निरङ्कुश चरित्रलाई थप नङ्ग्याएको भन्दै विरोध गरेका छन्।

    जारी गरिएको प्रेस विज्ञप्तिमा अगाडी "कोभिड १९   ले विश्व नै आक्रान्त भइरहेको वर्तमान  परिप्रेक्ष्यमा सरकारको सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य र सुरक्षामा केन्द्रित हुनुपर्नेमा आफ्नो कार्यकालको अधिकांश समय आफ्नो दलभित्रको खिचातानी र आन्तरिक कलहमा व्यतित गरिरहेका प्रधानमन्त्रीबाट एकपछि अर्को निरङ्कुश एवं गैरजिम्मेवारपूर्ण कदम चालिनु खेदजनक छ" भनिएको छ।हेरौं विज्ञप्ति

     (म पनि साथै छु) 

    प्रतिगमनविरुद्ध अग्रगमनका पक्षमा प्रवासी स्रष्टा तथा अभियानकर्ताहरूको सामूहिक आह्वान

    "-प्रेस विज्ञप्ति-"

    दश वर्षको सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन हुँदै करिब दशक लामो संक्रमणकाल पार गरेर ऐतिहासिक संविधानसभामार्फत बनेको नेपालको संविधान २०७२ को मर्म र भावना विपरीत प्रधानमन्त्री खड्ग प्रसाद ओलीले २०७७ पुस ५ मा गरेको असंवैधानिक संसद विघटनपछि नागरिकको ठूलो त्याग र बलिदानपश्चात् हासिल भएका हालसम्मका सामाजिक—राजनैतिक उपलब्धिहरूसमेत खतरामा परेको सर्वविदितै छ । नयाँ संविधानपछि ऐतिहासिक बहुमतको सरकार गठन भएपछि राजनीतिक स्थायित्वसँगै मुलुक विकास र समृद्धितर्फ अघि बढ्ने जनअपेक्षाको ठीक विपरीत चालिएको स्वेच्छाचारी कदमले जनमतको ठाडो अपमान गरेको मात्र नभएर देशलाई नै गम्भीर राजनीतिक संकटमा पु¥याएको छ । मधेसी, थारु, दलित, आदिवासी, महिला, जनजाति, मुस्लिमलगायतका सीमान्तकृत समुदायलाई थप अधिकार सम्पन्न बनाउँदै लोकतान्त्रिक एवं समतामूलक समाज निर्माणतर्फ उन्मुख हुनुपर्नेमा मुलुकलाई निरङ्कुशतातर्फ धकेल्दै चालिएको प्रतिगमनकारी कदमको हामी घोर भत्र्सना गर्दछौँ । उक्त प्रतिगमनकारी कदमको विरुद्धमा मुलुकका विभिन्न स्थानमा संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दै नागरिकद्वारा आयोजना गरिँदै आएका शान्तिपूर्ण प्रदर्शनहरूमाथि भइरहेका  निर्मम दमन र धरपकडले वर्तमान सरकारको निरङ्कुश चरित्रलाई थप नङ्ग्याएको छ । Covid-19  ले विश्व नै आक्रान्त भइरहेको वर्तमान परिप्रेक्ष्यमा सरकारको सम्पूर्ण ध्यान नागरिकको स्वास्थ्य र सुरक्षामा केन्द्रित हुनुपर्नेमा आफ्नो कार्यकालको अधिकांश समय आफ्नो दलभित्रको खिचातानी र आन्तरिक कलहमा व्यतित गरिरहेका प्रधानमन्त्रीबाट एकपछि अर्को निरङ्कुश एवं गैरजिम्मेवारपूर्ण कदम चालिनु खेदजनक छ । नागरिकले चुनेका जनप्रतिनिधिहरूको कार्यकाल बाँकी छँदाछँदै संसद विघटन गरेर चुनाबको बेमौसमी बाजा बजाइनु, संवैधानिक निकायहरूमा असंवैधानिक नियुक्तिहरू गरिनु, सरकारको महत्वपूर्ण समय र राज्यकोषको दोहन गर्दै प्रधानमन्त्री नै असान्दर्भिक देश दौडाहामा लाग्नुबाट सरकारको स्थायित्व, सुशासन र संमृद्धिको नारा फगत पाखण्ड सिवाय केही नभएको पुष्टि हुन्छ भने सरकार इतर पक्षहरुपनि आफ्नो स्वार्थमा मात्रै तल्लीन रहेको देखिन्छ । सत्तारुढ दलभित्रै व्याप्त खिचातानी, सत्तालिप्सा र पदलोलुपताका कारण उत्पन्न सङ्कटको निकास खोज्नुको सट्टा, वर्तमान सरकार नागरिकको आधारभूत अभिव्यक्ति स्वतन्त्रतामाथि नै हस्तक्षेप गर्दै शान्तिपूर्ण प्रदर्शनहरूमाथि समेत अनावश्यक धरपकड र दमन गरेर आफ्नो अकर्मण्यता ढाकछोप गर्ने निर्लज्ज प्रयासमा छ । भ्रष्टाचार, बेथिति र राजनैतिक सङ्कट व्याप्त वर्तमान परिस्थितिमा मुलुकका विभिन्न स्थानहरूबाट सबै किसिमका राजनैतिक बेथिति, निरङ्कुशता र संसद विघटन जस्तो प्रतिगामी कदमको बिरोधमा नागरिक तहबाट सुरू गरिएका हरेक स्वरुपका शान्तिपूर्ण आन्दोलनहरूप्रति ऐक्यबद्घता जनाउँदै लोकतन्त्रको रक्षा, समावेशिता र अग्रगमनका पक्षमा गोलबद्घ हुनका निम्ति सम्पूर्णमा अपिल गर्दछौँ । 
    आह्वानकर्ताहरूः 
    १ अकबरे (दक्षिण कोरिया)
    २ अपजसे कान्छा (बेलायत)
    ३ अभिप वास्ताकोटी (स्विजरल्यान्ड)
    ४ अमित थेवे ’मिहाङ (बेलायत)
    ५ अमृत बानियाँ (दक्षिण कोरिया)
    ६ अमृता नेपाल (अमेरिका)
    ७ अर्जुन श्री (पोर्चुगल)
    ८ आर एन (दक्षिण कोरिया)
    ९ इन्दिरा कँडेल (बेलायत)
    १० एन. बी. अन्जान (पोर्चुगल )
    ११ एलिजा हुमागाइँ (जर्मनी)
    १२ किशोर सुब्बा लिम्बु (पोर्चुगल)
    १३ कृष्ण कुसुम (अमेरिका)
    १४ कृष्ण दत्त भट्ट (केन्या)
    १५ कृष्ण विश्वकर्मा (यु ए ई)
    १६ केशवराज ज्ञवाली (अमेरिका)
    १७ गङ्गा गगन (जापान)
    १८ गणेश खड्का (सोसिलेल)
    १९ गणेश बिष्ट (नर्वे)
    २० चन्द्र गुरुङ् (बहराइन)
    २१ चन्द्र सम्बाहाम्फे (यु ए ई)
    २२ जयन्ती मगर सरगम (जापान)
    २३ जितेन्द्र मल्ल (अष्ट्रेलिया )
    २४ जीवन खत्री (दक्षिण कोरिया)
    २५ जेनन नेपाल (अष्ट्रेलिया )
    २६ तेज विनोद (अमेरिका)
    २७ दीपक क्षेत्री (इजरायल)
    २८ नदीश (अमेरिका)
    २९ नरेश काङ्माङ राई (बेलायत)
    ३० नवीन घिमिरे (अमेरिका)
    ३१ नवीन प्राचीन (क्यानडा)
    ३२ नारायण पोख्रेल (जापान)
    ३३ पदम विश्वकर्मा (बहराइन)
    ३४ पराजित पोमु (दक्षिण कोरिया)
    ३५ प्रकाश राई ’प्राण’ (बेलायत)
    ३६ प्रकाश सुवेदी (दक्षिण कोरिया)
    ३७ मनिष हरिजन (बेलायत)
    ३८ मनु लोहोरुङ् राई (अमेरिका)
    ३९ मित्र लाल पार्दै (पोल्यान्ड)
    ४० योगेश घिमिरे (क्यानडा)
    ४१ रमण (जर्मनी)
    ४२ रविचन्द्र भट्टराई (अष्ट्रिया)
    ४३ राजेश मिश्र (अमेरिका)
    ४४ रुप रसाइली विश्वकर्मा (कतार)
    ४५ रेशम बोहरा (बहराइन)
    ४६ रोशन याक्सो (हङकङ )
    ४७ लक्षमण सन्ज्याल (अष्ट्रेलिया )
    ४८ वसन्त देउबा (अष्ट्रेलिया )
    ४९ विवश बेनाम (अमेरिका)
    ५० विश्वदर्शन नेपाल (अमेरिका)
    ५१ वीरेन्द्रकुमार श्रेष्ठ (कतार)
    ५२ वेहोसी भिम रसाइली (बहराइन)
    ५३ शकुन आँशु (दक्षिण कोरिया)
    ५४ शङ्कर डाँगी (जर्मनी)
    ५५ शरद पोख्रेल (जापान)
    ५६ शिव भुषाल (अमेरिका)
    ५७ शेखर विकल्प (जापान)
    ५८ श्री भवानी नेपाल (यु ए ई)
    ५९ सञ्जय शान्ति सुवेदी (अमेरिका)
    ६० समुन्द्र राज घिमिरे (अमेरिका)
    ६१ सुमन सिम्खडा (जर्मनी)
    ६२ सुमित गिरी (जापान)
    ६३ सुरज राना (यु ए ई)
    ६४ सुवास सापकोटा (केन्या)
    ६५ स्पन्दन दिपक खनाल (कोरिया)
    ६६ स्वतन्त्र नेपाल (कतार)
    ६७ हरि नेपाली (यु ए ई)
    ६८ हेम दुलाल (अष्ट्रेलिया)
    ६९ हेम ध्वनी (पोर्चुगल)

  • सम्बन्धित विषय:

  • # प्रवासी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology