Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केपी ओलीको साथ छाड्न कुनै आइतबार पर्खिन पर्दैन : लेखराज भट्ट

केपी ओलीको साथ छाड्न कुनै आइतबार पर्खिन पर्दैन : लेखराज भट्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७७ शनिवार • १२:१३:१९ बजे
  • 1.3K
    SHARES
  • केपी ओलीको साथ छाड्न कुनै आइतबार पर्खिन पर्दैन : लेखराज भट्ट

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाड्न कुनै आइतबार पर्खन नपर्ने बताएका छन्। बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा मन्त्री भट्टले ओलीमा पनि प्रचण्ड शैली देखिए ओलीको साथ छाड्न कुनै आइतबार पर्खनु नपर्ने बताएका हुन्।

    images

    उनले भने, ‘पदकै लोभमा पार्टी एकता भयो, अहिले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपर्यो, यो प्रवृत्ति केपी ओलीमा देखिँदैन भन्ने विश्वास छ, यदि त्यस्तो भए उहाँको साथ छाड्न कुनै आइतबार चाहिन्नँ।’

    उनले पार्टी बचाउनका लागि ओलीको साथमा लागेको बताए। तर ओलीले केही तलमाथि गरे साथ छाडिदिने भट्टले चेतावनी दिए। पूर्वलडाकुहरूलाई रोजगारको ग्यारेन्टी र सम्मानित ढङ्गले सरकारले सम्बोधन गर्ने उनको भनाई छ। मन्त्री भट्टले ‘जनयुद्ध’ प्रभावितहरूका लागि सरकारले गर्नुपर्ने दायित्व पूरा गराउन आफू सदैव प्रतिबद्ध रहेको पनि बताए।

    ‘अपांग ,घाइते, बेपत्ता परिवार, जनमुक्ति सेनाप्रति उच्च सम्मान प्रकट गर्दै नेपाल सरकारका तर्फबाट पूरा गर्नुपर्ने दायित्वका लागि म व्यक्तिगत रूपले पनि र नेपाल सरकार सदैव प्रतिबद्ध रहने छ,’ जनयुद्ध दिवसको शुभकामना दिँदै भट्टले भनेका छन्। उनले नेपालको इतिहासमा आजको दिन विशेष रहेको उल्लेख गरे।

    तत्कालिन माओवादीले सरकारविरुद्ध विद्रोह शुरु गरेको दिनको अवसर पारेर बुटवलमा पूर्वलडाकुहरुले भेला गरेका छन्। पूर्वलडाकुहरुले ओली सरकारमा सहभागी मन्त्रीहरु र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई साथमा राखेर परिर्वतनका लागि आफूहरुले गरेको योगदान स्मरण गराए।

    बुटवलमा ओली समूहले गर्ने शक्ति प्रर्दशनकै अवसर पारेर बुटवलमा गरिएको पूर्वलडाकुहरुको राष्ट्रिय भेलालाई निकै महत्वका साथ हेरिएको छ। केहि दिन अघि ओली नेतृत्वको सरकारले पूर्वलडाकुहरुलाई राहत र सम्मान गर्ने निर्णय गरेको थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology