Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली समूहको बुटवलमा हुने सभाको तयारी पूरा

ओली समूहको बुटवलमा हुने सभाको तयारी पूरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७७ शनिवार • १२:२२:३१ बजे
  • 1.2K
    SHARES
  • ओली समूहको बुटवलमा हुने सभाको तयारी पूरा

    नेकपा ओली पक्षले लुम्बिनी प्रदेशको बुटवलमा शनिबार (आज) गर्ने जनसभाको तयारी अन्तिम चरणमा पुगेको छ। बुटवलको सिद्धेश्वर माबीको प्राङ्गणमा आयोजना हुने जनसभाको तयारी अन्तिम चरणमा पुगेको नेकपा ओली पक्षका प्रदेश प्रचार संयाजक झपिन्द्र जिसीले बताए।

    images

    नेकपा ओली पक्षले बुटवलमा २ लाख समर्थक उतार्ने दाबी गरेको छ। नेकपा ओली पक्षको प्रदेश कमिटीका अनुसार रुपन्देही जिल्लाले १ लाख समर्थक सडकमा उतार्ने छ भने बाँकी ११ जिल्लाबाट प्रतिनिधिमुलक ढंगले थप १ लाख समर्थक बुटवलमा उतार्ने छ।

    कार्यक्रमको तयारीका लागि १ हजार बढी स्वयंसेवकहरु खटाइएको छ। मैदानमा जनसहभागितालाई स्थान अभाव हुने अवस्था आएमा नजिकका सडकहरुमा समेत डिजिटल बोर्डमार्फत् कार्यक्रम हेर्न सकिने व्यवस्था मिलाइएको प्रचार संयोजक जिसीले बताए।

    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी महासचिव विष्णु पौडेल, ओली सरकारका मन्त्रीहरु लेखराज भट्ट र टोप बहादुर रायमाझी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

    सभा सुरु हुनु पूर्व ३ स्थानबाट जुलुस सुरु भइ अस्पताल लाइनमा एककिृत हुने र त्यहाँबाट सभा स्थलतर्फ प्रवेश गर्ने कार्यक्रम रहेको जीसीले बताए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology