Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीको समस्यामा

सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीको समस्यामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७७ शनिवार • १६:१४:४७ बजे
  • 844
    SHARES
  • सन् २०२१ मा २० लाख यमनी बालबालिका भोकमरीको समस्यामा

    एजेन्सी / द्वन्द्वग्रस्त देश यमनमा सन् २०२१ मा २० लाखभन्दा बढी बालबालिका भोकमरीमा पर्ने देखिएको छ ।

    images

    संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायले शुक्रवार सार्वजनिक गरेका विवरणहरुकाअनुसार उनीहरु ५ वर्षभन्दा कम उमेरका बालबालिकाहरु मात्रै हुन् ।


    लामो समयदेखिको द्वन्द्वका कारण अति गरिब देशमा पर्न गएको यमनमा द्वन्द्व र गरिबीका कारण बालबालिकाहरुले भोकमरीको सामना गर्नुपर्ने अवस्था आएको जनाइएको छ ।


    यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसङ्घीय निकायले उल्लेख गरेको छ ।

    भोकमरीमा पर्ने र मृत्यु हुनेहरुको सङ्ख्या अघिल्लो वर्षकोभन्दा धेरै हुने अनुमान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । भोकमरीबाट प्रभावितहरूको सङ्ख्या बढेपछि उनीहरूका लागि सहयोगको पनि अभाव हुने आशङ्का गरिएको छ ।

    यसले यमनमा मानवीय सहायतसम्बन्धी सहयोगमा पनि असर पर्ने अधिकारीहरूले जनाएका छन् । राष्ट्रसङ्घीय अधिकारीहरुले १२ लाखभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाहरूलाई पनि कुपोषणको खतरा रहेको बताएका छन् ।

    अहिले देखिएको तथ्याङ्कले यमनमा मानवीय सहायताको अभाव अझ बढी हुनसक्ने देखिएको छ, हरेक बालबालिकाले बाच्न र कुपोषणमुक्त हुनका लागि सङ्घर्ष गर्नु पर्ने भएको छ, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लीले भने ।

    उनले सार्वजनिक गरेको तथ्य तथा विवरणहरू खाद्य तथा कृषि संगठन, यूनिसेफ र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा तयार परेका हुन् ।

  • सम्बन्धित विषय:

  • # भोकमरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology