Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद विघटनविरुद्ध नेकपाको थप आन्दोलनको घोषणा :

संसद विघटनविरुद्ध नेकपाको थप आन्दोलनको घोषणा :

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २, २०७७ आइतवार • १५:१३:४९ बजे
  • 1.6K
    SHARES
  • संसद विघटनविरुद्ध नेकपाको थप आन्दोलनको घोषणा :

    पोखरा - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध थप आन्दोलनको घोषणा गरेको छ ।

    images

    आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उक्त पक्षले आगामी फागुन ५ गतेबाट १५ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने जनाएको छ ।

    यसअघि तीन उक्त पक्षले तीन चरणको आन्दोलन गरिसकेको छ । माघ १३ गतेबाट २८ गतेसम्म प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन गरेको थियो ।

    पत्रकार सम्मेलनपछि केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने बताए।

    त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने उनले बताएका छन् । साथै माघ १५ गतेसम्म देशका विभिन्न ठाउँहरुमा विभिन्न किसिमका विरोधका कार्यक्रमहरु आयोजना गरेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology