Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भोलिको प्रदर्शनमा व्यापक सहभागी हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

भोलिको प्रदर्शनमा व्यापक सहभागी हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७७ आइतवार • १७:५५:५१ बजे
  • 976
    SHARES
  • भोलिको प्रदर्शनमा व्यापक सहभागी हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ।

    images

    सभापति देउवाले आइतबार जारी गरेको अपिलमा विरोध प्रदर्शनमा सहभागी हुन भनेका छन्।भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले भनेका छन्।

    प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ।उनले लोकतन्त्रवादीहरू भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका छन्।देउवा सोमबार बुटवलमा हुने प्रदर्शनमा सहभागी हुँदैछन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology