म्याग्दीमा एकैपटक अहिलेसम्मकै धेरै जनाका कोरोना पोजेटिभ देखिएको छ । रोजगारको सिलसिलामा विभिन्न देशबाट फर्किएर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनीको क्वारेन्टाइनमा बसेकामा कोराना देखिएको बताइएको छ ।
पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । उहाँका अनुसार विस्तृत विवरण केही समयपछि आउनेछ ।
स्रोतका अनुसार संक्रमति हुनेमा रघुगंगा गाउँपालिकाका एकजना, मंगलाका एक, बेनपाका ३ र मालिकाका ४ जना रहेका छन् । यो संगै आइसोलेसनमा १४ जना, निको भएर घर फर्किएका २० जना रहेका छन् ।