Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अण्डाको गेट मूल्य घट्यो

अण्डाको गेट मूल्य घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७७ सोमवार • १०:०९:२७ बजे
  • 2.2K
    SHARES
  • अण्डाको गेट मूल्य घट्यो

    अण्डाको गेट मूल्य घटेको छ । गेट मूल्य घटे पनि व्यापारीहरूले उपभोक्ता मूल्य भने मनपरी रूपमा लिने गरेका छन् । अण्डाको मूल्य घटेको १ साताभन्दा बढी समय भइसक्दा पनि व्यापारीहरूले उपभोक्तालाई विक्री गर्ने मूल्यमा भने कुनै हेरफेर गरेका छैनन् ।

    images

    बजारमा अस्वाभाविक मूल्यवृद्धि र कालो बजारी नियन्त्रण गर्ने सरकारी निकायले अनुगमनमा प्रभावकारिता नदेखाउँदा राजनीतिक तरलताको फाइदा उठाउँदै व्यापारीले उपभोक्तासँग मनपरी रूपमा मूल्य लिने गरेको बताइएको छ । खानेतेल, चामल र डन्डीको मूल्यमा मनपरी गरिरहेका व्यापारीहरूले पछिल्लो समय अण्डाको मूल्यमा समेत मनपरी गरिरहेको सरोकारवालाहरूको भनाइ छ ।


    नेपाल अण्डा उत्पादक संघले दिएको जानकारीअनुसार करीब १ सातायता ठूलो अण्डाको गेट मूल्य प्रतिक्यारेट १५ रुपैयाँले घटेर ३ सय ४० बाट ३ सय २५ रुपैयाँ कायम भएको छ । त्यसैगरी सानो अण्डाको मूल्य प्रतिक्यारेट ३ सय १० रुपैयाँबाट घटेर ३ सय रुपैयाँ कायम भएको छ । तर, उपभोक्ताले प्रतिक्यारेट ४ सय रुपैयाँभन्दा बढी तिर्नुपरिरहेको छ ।


    घटेको मूल्यअनुसार उपभोक्तालाई व्यापारीले सानो अण्डाको मूल्य बढीमा प्रतिअण्डा १२ रुपैयाँ र ठूलो अण्डा १३ रुपैयाँसम्ममा विक्री गर्नुपर्ने हो । तर, व्यापारीले सानो र ठूलो दुवै अण्डाको मूल्य प्रतिगोटा १५ रुपैयाँसम्मले विक्री गरिरहेको पाइएको छ । अहिले अण्डाको उत्पादन बढेकाले मूल्य घटेको संघले बताएको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

  • सम्बन्धित विषय:

  • # अण्डा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology