Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रेलवे महाप्रबन्धक भट्टराईले केपी ओलीको छोरा हुँ भन्‍दै अपहरण गर्ने धम्‍की दिए

रेलवे महाप्रबन्धक भट्टराईले केपी ओलीको छोरा हुँ भन्‍दै अपहरण गर्ने धम्‍की दिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७७ सोमवार • १३:०३:११ बजे
  • 1.9K
    SHARES
  • रेलवे महाप्रबन्धक भट्टराईले केपी ओलीको छोरा हुँ भन्‍दै अपहरण गर्ने धम्‍की दिए

    प्रदेश-२ का प्रमुख तिलक परियारका स्वकीय सचिव अनिल पासवानलाई नेपाल रेलवेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले अपहरण गर्ने धम्की दिएका छन् । प्रदेश प्रमुख परियारको निर्देशनमा रेलवे सञ्चालनका बारेमा जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराईले पासवानलाई गालीगलौज गरी अपहरणको धम्की दिएका हुन् ।

    images

    रेलवे सञ्चालनका सम्बन्ध जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराई आफु केन्द्रीय सरकार मातहत काम गर्ने भएकोले प्रदेश सरकारसँग छलफल नै नगर्ने भन्दै गाली गलौजमा उत्रेका छन् । इकागजलाई प्राप्त अडियो संवादमा महाप्रबन्धक भट्टराईले म रेलवेको महाप्रबन्धक हुँ बर्दिबास मेरो घर हो तिमीलाई एक घण्टामै अपहरण गराई दिन्छु भनेका छन् । दुवैबीचको चर्काचर्कीमा अश्लील गालीगलैजसमेत भएको छ । 'म केपी ओलीको छोरा हुँ मलाई तिमी केही बिगार्न सक्दैनौ' भट्टराईले भनेका छन् ।

    संवादको क्रममा अपहरणको धम्कीपछि पासवानले पनि ज्यान मार्ने धम्की दिएका छन् । दुवैले एकअर्कालाई अश्लील गालीगलैज समेत गरेका छन् । अडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र ओलीको मान्छे भन्‍ने आरोप प्रत्यारोप पनि सुन्‍न सकिन्छ ।

    करिब ४ मिनेटको सो अडियोमा चर्को आरोप प्रत्याआरोपमा उत्रिएका उनीहरुले राजनीतिक शक्ति र नेताको आडमा तिब्र आक्रोस पोखेको सुनिन्छ । महाप्रबन्धक भट्टराई प्रधानमन्त्री केपी ओली निकट हुन भने पासवान नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् । पासवान दाहाल-माधव पक्षका युवा संघका केन्द्रीय सदस्य समेत हुन् ।

    यस सम्बन्धमा अनिलसँग बुझ्दा पछि फोन गर्छु प्रतिक्रिया दिन मानेनन् भने घटनापछि भट्टराईको मोबाइल अफ छ । तर भट्टराईले समाजिक सञ्‍जाल फेसबुकमा माओवादी हो ठानेर पटक पटक काटमार गर्छु धम्की दिँदा आफुले पनि गाली दिएको भन्‍ने प्रतिक्रिया दिएका छन् ।इकागजबाट

  • सम्बन्धित विषय:

  • # धम्की
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology