Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुनर्स्थापित संसदले नै देशलाई चुनावतर्फ लैजान्छः गगन थापा

पुनर्स्थापित संसदले नै देशलाई चुनावतर्फ लैजान्छः गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७७ सोमवार • १६:०९:५७ बजे
  • 1.1K
    SHARES
  • पुनर्स्थापित संसदले नै देशलाई चुनावतर्फ लैजान्छः गगन थापा

    नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव हुन्छ कि हुँदैन भनेर कांग्रेस अलमलमा पर्न नहुने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पुनर्स्थापित संसदले नै देशलाई चुनावतर्फ लैजाने उनले बताए ।

    images


    आज चितवनमा आयोजित विरोध सभामा बोल्दै थापाले भने, ‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरूरी छैन। पुनर्स्थापित संसदले देशलाई चुनावमा लैजान्छ। चुनावबाट जितेर आउने हो।’


    प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेकोले त्यो पहिले सच्याउनुपर्ने थापाको भनाइ थियो। उनले प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीभन्दा पनि सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल बनाएको पनि दाबी गरेका छन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology