Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्याली गर्दै हिँडेः प्रचण्ड

ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्याली गर्दै हिँडेः प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७७ सोमवार • १६:२४:४७ बजे
  • 1.4K
    SHARES
  • ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्याली गर्दै हिँडेः प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्च¥याली गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

    images

    सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए । ‘उहाँले पञ्च¥याली जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिला पहिला राजा महाराजाले जे गर्थे त्यही गर्नुभएको छ । त्यसको केही अर्थ छैन, कुनै महत्व छैन,’ प्रचण्डले भने ।

    संसद विघटनलाई प्रतिगमन भन्दै उनले प्रधानमन्त्रीले प्रतिगमनको बाटो पक्डिएदेखि नै हारिसकेको टिप्पणी गरे । ‘जतिबेला प्रतिगमनको बाटो पक्डिनुभयो, प्रतिक्रासिन्तको बाटो पक्डिनुभयो, उहाँ हारिसक्नुभएको छ, उहाँले मतमा पनि हार्नुहुन्छ, ब्यवहारमा पनि हार्नुहुन्छ,’ प्रचण्डले भने ।

    अहिले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धी प्रधानमन्त्री ओलीले धरापमा पारेको भन्दै उनले भने ‘आम नेपाली जनता र राम्रो दिमाग भएका व्यक्ति, उहाँका विरुद्धमा छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology