Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकै एक चर्चित र महान ब्यक्ति

विश्वकै एक चर्चित र महान ब्यक्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७७ मंगलवार • ११:००:४८ बजे
  • 2.5K
    SHARES
  • विश्वकै एक चर्चित र महान ब्यक्ति

    एजेन्सी । जंगली युगमा बाँच्नेहरु बाहेक शायदै कोही होला, जसले दाँत सफा गर्न ब्रश नगरेको होस । तर विश्वका शक्तिशाली ब्यक्तित्वहरुमा गनिने एक ब्यक्ति थिए जसले आफ्नो जीवनमा कहिल्यै पनि दाँत सफा गर्न मन्जनको प्रयोग गरेनन् । अर्थात ब्रश गरेनन् ।

    images

    उनी हुन चिनियाँ सर्वहाराबादी साँस्कृतिक क्रान्तिका महान नेता माओत्से तुंग । माओका चिकित्सकको रुपमा काम गरिसकेका डाक्टर ‘जी शी ली’ ले माओको बारेमा एक पुस्तक लेखेका छन । जुन पुस्तकको नाम हो, ‘द प्राइभेट लाइफ अफ चेयरमेन माओ’ ।

    यो पुस्तकमा जी शी लीले माओका बारेमा निकै आश्चर्यजनक तथ्यहरु उल्लेख गरेका छन । जी शी लीद्वारा लिखित पुस्तकका अनुसार माओ जब सुतेर उठ्थे, दाँत सफा गर्नका लागि ब्रश गर्नुको सट्टा चियाले कुल्ला गर्थे । यो उनको हरेक ब्युँझाइपछिको नित्य कर्म थियो । उनको दाँत हेर्दा यस्तो लग्थ्यो, मानौं कसैले उनको दाँतमा हरियो रंग पोतिदिएको होस ।

    यति मात्रै हैन, माओले निकै कम मात्रै नुहाउँथे । यस्तो भनिन्छ कि, माओलाई नुहाउन मन पर्दैनथ्यो । माओत्से तुंगको सुत्ने र उठ्ने समय आम मानिसको भन्दा ठीक उल्टो थियो । उनको दिन रातबाट शुरु हुन्थ्यो । अनि रात दिनबाट शुरु हुन्थ्यो । अर्थात सारा संसार सुत्दा उनको काम शुरु हुन्थ्यो । जब उज्यालो हुन लागेर दुनियाँ जाग्न शुरु हुन्थ्यो, तब मात्रै माओ सुत्न जान्थे ।

    माओको बारेमा अर्को एक रोचक प्रशंग के छ भने, उनी सधैं आफ्नै पलङमा मात्रै सुत्थे । उनी कहिल्यै पनि अर्काको पलङमा सुतेनन् । उनी अन्यत्र वा विदेश जाँदा पनि पलङ साथै लैजान्थे ।

    सन १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको शाओशान गाउँमा जन्मिएका माओ विश्वका प्रभावशाली ब्यक्तिहरुमा पर्छन । विश्व प्रसिद्ध पत्रिका टाइमले माओलाई २०औं शताब्दीका १०० जना प्रभावशाली ब्यक्तिहरुको सूचीमा राखेको थियो ।


    चिनियाँहरु माओलाई महान प्रशासक मान्छन । उनीहरुका अनुसार, आफ्नो नीति र कार्यक्रमद्वारा चीनमा आर्थिक, प्राविधिक र साँस्कृतिक विकास गर्नुका साथै विश्वको मुख्य शक्तिको रुपमा स्थापित गर्ने एक मात्र ब्यक्ति माओत्से तुङ हुन ।

    माओले सन १९५८ मा गरेको एक गल्तीले करोडौं मानिसहरुको ज्यान गएको थियो । त्यसबेला माओले ‘फोर पेस्ट क्याम्पियन’ नामक अभियान चलाएका थिए । त्यो अभियानमा उनले लामखुट्टे, माखा, मुसा र भंगेरा चरा मार्ने आदेश दिएका थिए । तर यसको परिणाम निकै घातक साबित भयो ।

    देशभर भयानक अनिकाल पर्यो । जसका कारण भोकमरीको अवस्था उत्पन्न भयो । त्यसबेला भोकमरीका कारण १५ मिलियन अर्थात १.५० करोड मानिसहरुको मृत्यु भएको डेलिहन्टले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चर्चित ब्यक्ति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology