Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्ट फोनलोन सेवा

लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्ट फोनलोन सेवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७७ मंगलवार • १२:१६:५० बजे
  • 2.0K
    SHARES
  • लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्ट फोनलोन सेवा

    लक्ष्मी बैंकले एफ्-वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्ट फोनलोन एक कर्जा-रुपी-सेवा (Lending-as-a-Service (LaaS)) हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम रु. २००,००० (रु. २ लाख) सम्मको कर्जा लिन सक्नेछन् । कर्जा को मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेर ले गर्नेछ।

    images

    हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ।

    आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो । यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागज्-पत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व-स्विक्रित हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ। सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खाता मा जम्मा हुने व्यवस्था रहेको छ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology