Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा एकैदिन कोरोनाभाइरसबाट २९ हजार सङ्क्रमित

भारतमा एकैदिन कोरोनाभाइरसबाट २९ हजार सङ्क्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७७ बुधवार • १४:५७:१५ बजे
  • 2.1K
    SHARES
  • भारतमा एकैदिन कोरोनाभाइरसबाट २९ हजार सङ्क्रमित

    भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ ।यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको संख्या नौ लाख ३६ हजार १८१ पुगेको छ ।

    images

    त्यसैगरी भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २४ हजार ३०९ पुगेको छ । ती मध्ये ५८२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

    भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख १९ हजार ८४० रहेको छ भने पाँच लाख ९२ हजार ३२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

    प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र राज्यमा सङ्क्रमितहरुको संख्या दुई लाख ६७ हजार ६६५ पुगेको छ । तीमध्ये दश हजार ६९५ जनाको मृत्यु भइसकेको छ ।

    त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु प्रदेशमा कुल एक लाख ४७ हजार ३२४ सङ्क्रमित हुँदा दुई हजार ९९ जनाको मृत्यु भएको छ ।

    केन्द्रीय राजधानी रहेको दिल्लीमा पनि एक लाख १५ हजार ३४६ जना सङ्क्रमित भएका छन् भने तीन हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology