Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इन्धन खरिद मूल्य ५४ रूपैयाँ, कर ५५ रूपैयाँ

इन्धन खरिद मूल्य ५४ रूपैयाँ, कर ५५ रूपैयाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७७ बुधवार • ०९:५२:४४ बजे
  • 1.7K
    SHARES
  • इन्धन खरिद मूल्य ५४ रूपैयाँ, कर ५५ रूपैयाँ

    पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ । हाल नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसामा खरिद गरेको छ ।

    images

    यसमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) सहित सम्पूर्ण राजस्व करिब ५५ रुपैयाँ लिन्छ । ‘सर्वसाधारणलाई महँगो हुनुको मुख्य कारण नै चर्को राजस्व हो,’ निगमका एक उच्च अधिकारीले भने, ‘यो कर हामीले लिने होइन । सरकारको खातामा जान्छ ।’


    निगमका अधिकारीले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ हुँदा त्यसैअनुसार समायोजन गर्नु आफूहरूको बाध्यता रहेको बताए । अहिले निरन्तर मूल्य बढिरहेको छ । आयल निगमद्वारा जारी विज्ञप्तिमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको उल्लेख छ ।, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # इन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology