नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीनघन्टा पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित रहेर छलफल भएको थियो ।आजको छलफलमा विषयबस्तुमा केन्द्रित रहेर कुराकानी भएको र फेरि भेटवार्ता गरेर सहमतिको प्रयास गरिने बालुवाटार स्रोतले जनाएको छ । यसअघि हिजो भएको भेटवार्ता भने एजेण्डामै प्रवेश गरेको थिएन ।
अध्यक्षद्वयसँगको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत केही समय सहभागी भएका थिए ।ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरुले साथ दिएको आरोप लगाएपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको थियो ।
पार्टी बैठकमै प्रचण्ड-नेपाल पक्षधरले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो । स्थायी कमिटी बैठक साउन २ गते बस्ने तयारी छ ।