एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको बताएका छन् ।संवैधानिक इजलासमा बुधबार आफ्नो बहस सुरु गरेका खरेलले आफू चार प्रश्नमा केन्द्रित हुने बताएका थिए ।
बहसका क्रममा उनले संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क गरेका छन् ।संविधानमा विशेषाधिकार सम्बन्धी २ वटा धारा छन्, धारा १०३ र धारा १८७वरिष्ठ अधिवक्ता खरेलले अघि भने, हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा लुत्त लुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ र ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।
२०४७ को संविधानमा भएको धारा ५३(४) हटाउनु भनेको लुकाएर राखेको नभएको समेत उनले बताए । खरेलले संविधानको धारा ८५ मा यस संविधान बमोजिमभनेको ७६(७) नै भएको बताए ।