Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको भाउ आज प्रतितोला ११ सयले घट्यो

सुनको भाउ आज प्रतितोला ११ सयले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७७ बुधवार • १३:२४:१५ बजे
  • 2.0K
    SHARES
  • सुनको भाउ आज प्रतितोला ११ सयले घट्यो

    सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा झरेको छ ।

    images

    कोरोना भाइरसको सङ्क्रमणसँगै विश्व बजारमा छाएको अस्थिरताका कारण सुनको मूल्यमा पनि धेरै उतारचढाव आइरहेको छ । सुनको मूल्यमा आएको अस्थिरताकै कारण कारोबार समेत प्रभावित भएको व्यवसायी बताउँछन् ।

    व्यवसायीका अनुसार अहिले धेरैजसोले पुरानै गहना बेचेर त्यसबाट आएको पैसामा केही थपथाप गरेर नयाँ गहना बनाउने गरेका छन् भने केहीले जलप लगाएको गहनाको प्रयोग गर्ने गरेका छन् ।

    यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हिजोको भन्दा २० रुपैयाँले सस्तो हो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # सुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology