Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड–माधव समूहको आपत्ति

विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड–माधव समूहको आपत्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७७ बुधवार • १८:३०:५१ बजे
  • 1.6K
    SHARES
  • विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड–माधव समूहको आपत्ति

    नेपालमा भाजपा पार्टी विस्तार गर्ने र सरकार बनाउँने भन्ने भारतीय जनता पार्टी (भाजपा) का नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ । नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड–माधव समूहले बक्तव्य जारी गरी गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    images

    ‘हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ’ प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी बक्तव्यमा उल्लेख छ । मुख्यमन्त्री देवले हालै मात्र भाजपा अध्यक्ष एवम् भारत सरकारका गृहमन्त्री अमित शाहले नेपाल लगायत देशहरुमा भाजपा बिस्तार गर्ने र सरकार बनाउने धारणा राखेको बताएका थिए ।

    यस्तो अभिव्यक्तिले दुई छिमेकी मित्र राष्ट्रहरुको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्‍याउने बक्तव्यमा उल्लेख गरिएको छ । भारत सरकार र अमित शाहबाट यसबारे स्पष्ट पारिनुपर्ने पनि अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology