Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुन प्रतितोला ६ सय रुपैयाँले सस्तियो

सुन प्रतितोला ६ सय रुपैयाँले सस्तियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७७ बिहिवार • १३:१०:४७ बजे
  • 2.0K
    SHARES
  • सुन प्रतितोला ६ सय रुपैयाँले सस्तियो

    गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ कीर्तिमान बनाएको सुन बजारको मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सयले घटेर आठ महिनायताकै सस्तो भएको सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ ।

    images

    बिहीबार छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आज ८९ हजार २०० रुपैयाँ कायम भएको छ ।

    यस्तै तेजावी सुनको भाउ आजका लागि ८८ हजार ७५० रुपैयाँ तोकिएको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला १३४० रुपैयाँका बिक्री भाउ कायम भएको चाँदीको आजको भाउ १३ सय ३५ रुपैयाँ तोकिको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology