Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीको प्रदर्शन

इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीको प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७७ बिहिवार • १३:१२:०७ बजे
  • 1.1K
    SHARES
  • इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीको प्रदर्शन

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह निकट विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै बिहान ९ बजेपछि प्रदर्शनी मार्गमा रहेको रत्नराज्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो ।

    images

    प्रदर्शनका कारण केहीबेर गाडीको आवागमन प्रभावित भएको थियो । अहिले भने अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । अनेरास्ववियुले दिउँसो १ बजे आयल निगमको कार्यालय बबरमहलमा पनि प्रदर्शन गर्ने जनाएको छ । निगमले हिजोदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो ।

    बढेको मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर ११४ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९७ रुपैयाँ र हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ ।

    एक हप्ताअघि मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा दुई रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको थियो । निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology