Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारत पश्चिम बंगालका श्रममन्त्री हुसेनमाथि बम आक्रमण, मन्त्रीसहित तीन घाइते

भारत पश्चिम बंगालका श्रममन्त्री हुसेनमाथि बम आक्रमण, मन्त्रीसहित तीन घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७७ बिहिवार • १३:१४:०१ बजे
  • 1.3K
    SHARES
  • भारत पश्चिम बंगालका श्रममन्त्री हुसेनमाथि बम आक्रमण, मन्त्रीसहित तीन घाइते

    भारतको पश्चिम बंगालका एक मन्त्रीमाथि बम आक्रमण भएको छ । पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि बम आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images

    गएराति मुर्सिदावादको रेलवे स्टेशनमा भएको बम आक्रमणमा मन्त्री हुसेन घाइते भएका छन् । पेटमुनि चोट लागेका उनलाई जांगीपुर सबडिभिजन अस्पतालमा भर्ना गरिएको छ ।

    स्थानीय प्रहरीकाअनुसार आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् । कलकत्ता जानका लागि रेलवे स्टेशनमा पुगेका हुसेनमाथि बम हमला भएको त्यहाँको प्रहरीले जनाएको छ । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन ।

    यसअघि पश्चिम बंगालमा भाजपाका नेता बाबु मास्टरमाथि पनि आक्रमण भएको थियो । पश्चिम बंगालमा आउँदो अप्रिल र मेमा विधान सभाको चुनाव हुँदैछ । बम प्रहारको भारतभर निन्दा भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # बम आक्रमण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology