Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्वतन्त्र न्यायापालिकाको पक्षमा सधैँ उभिएको छु : प्रधानमन्त्री

स्वतन्त्र न्यायापालिकाको पक्षमा सधैँ उभिएको छु : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७७ बिहिवार • १६:०६:२८ बजे
  • 2.4K
    SHARES
  • स्वतन्त्र न्यायापालिकाको पक्षमा सधैँ उभिएको छु : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा उपस्थित भई जबाफ बुझाएका छन् । प्रधानमन्त्री ओलीको लिखित जबाफमा आफू स्वतन्त्र न्यायापालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् । अदालतमा आफैँ उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले सत्यसँग नडग्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिक रहेको समेत बताएका छन् । बिहीबार सर्वाेच्च अदालतमा पेस गरेकाे लिखित जबाफमा प्रधानमन्त्रीले आफूले अदालतकाे मानहानी नगरेकाे जिकिर गर्दै आफूले बाेलेकाे कुरामा फूलबुट्टा भरेर मुद्दा हालिएकाे दाबी गरेका छन् ।

    images

    ‘मेराे अदालतप्रति उच्च सम्मान रहेकाे छ । न्यायापालिकाकाे स्वतन्त्रता र कानुनकाे शासन लाेकतन्त्रका प्रमुख आधारस्तम्भ हुन् । हाम्राे संवैधािनक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनकाे सिद्धान्तमा आधारित छ । लाेकतन्त्र, विधिकाे शासन तथा स्वतन्त्र न्यायापालिकाकाे लागि पाँच दशकभन्दा लामाे समयदेखि संघर्ष गरेकाे मैले न्यायापालिकाकाे सम्मान कम हुने कार्य गरे भनी कल्पना गर्नु समेत दूराग्रहपूर्ण छ ।

    अदालतबाट भएका फैसला तथा आदेशकाे म तथा मैले नेतृत्व गरेकाे सरकारबाट सदैव सम्मा र कार्यान्यवन भइरहेकाे छ । सर्वाेच्च अदालतले गरेकाे संविधान र कानुनकाे व्याख्या पूर्णतः पालन र कार्यान्वयन भएका छन् । सम्मानित अदालतबाट न्याय सम्पादनकाे क्रममा कारबाहीमा कुनै अवराेध गरिएकाे छैन । कुनै फैसला वा आदेश गरिएकाे भन्ने दावी निवेदकले लिन सकेकाे अवस्था छैन ।’ प्रधानमन्त्रीकाे जबाफमा भनिएकाे छ ।

     

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology