Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महङ्गो मूल्यमा खरिद गर्यो, ग्लोबल मिडियाले गोर्खेको ओभरसिज राइट

महङ्गो मूल्यमा खरिद गर्यो, ग्लोबल मिडियाले गोर्खेको ओभरसिज राइट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७७ बिहिवार • २२:३५:५५ बजे
  • 2.1K
    SHARES
  • महङ्गो मूल्यमा खरिद गर्यो, ग्लोबल मिडियाले  गोर्खेको ओभरसिज राइट

    ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले चलचित्र गोर्खेको ओभरसिज राइट महङ्गो मूल्यमा खरिद गरेको छ । ग्लोबल मिडियाको सिईओ हरि मल्ल ठकुरीले हामीसँग कुरा गर्दै अष्ट्रेलियामा चलचित्र गोर्खे प्रदशन गर्ने अधिकार प्राप्त गरेको पुष्टि गरेको हुन् । हिजो वुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा ग्लोबल मिडिया र चलचित्र गोर्खेको निर्माण कम्पनी कोजु इन्टरटेनमेन्ट विच संझौतापत्रमा हस्ताक्षर भएको हो ।

    images

    ग्लोबल मिडियाले विगत लामो समयदेखि अस्ट्रेलियामा नेपाली फिल्म प्रदशन गर्दै आइरहेको छ । ग्लोबल मिडियाको प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी पनि अष्ट्रेलिया बस्दै आइरहेका छन् । हामीसँग अष्ट्रेलियाबाट टेलिफोनमा कुरा गर्दै गणेश मल्ल ठकुरीले नेपाली फिल्मको बजार अष्ट्रेलियामा निकै राम्रो बनाउने प्रयास गरिरहेको वताउदै आगामी दिनमा अन्य देशमा समेत चलचित्र प्रदशनको तयारी भइरहेको वताए ।

    चलचित्र गोर्खे निर्माता हरि लामा, तिर्थ कोजु तथा हरि थापाको निर्माणमा बनेको हो । सामाजिक कथामा आधारित चलचित्र गोर्खेमा अर्जुन गुरुङ भंगेरि डन, एञ्जल श्रेष्ठ, रविन्द्र प्रताप सेन, शरोज तामाङ, साजन थापा, वलदिप राई, रश्मि भट्ट, गोविन्द प्रभात प्रमुख भूमीकामा रहेका छन् । अञ्जली अधिकारी विशेष भूमीकामा रहेकिछिन् । यूट्यूवमा चर्चित गितहरु गाम भरि हल्ला भो भागम सानि भागम, गोर्खे लगायत चलचित्रमा रहेका छन् ।

    पोखरा, पाल्पा तथा काठमाण्डौका रमाईलो दृष्यहरु चलचित्रमा देख्न सकिन्छ । काजि लिम्बुको कथा रहेको चलचित्र गोर्खेलाई किमत गौतमले निर्देशन गरेका छन् । यो समाचार जेष्ठखबरले लेखेको छ ।

  • सम्बन्धित विषय:

  • # ओभरसिज राइट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology