Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७७ शुक्रवार • ११:४०:१७ बजे
  • 1.9K
    SHARES
  • नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

    प्रतिनिधिसभा बिघटनविरुद्ध चौंथो चरणको सडक आन्दोलनमा रहेको नेकपाको प्रचण्ड–माधव समूहले आज स्थायी कमिटीको बैठक बोलाएको छ । आज बिहान ९ बजे स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

    images

    पछिल्लो राजनीतिक परिस्थिति बारे समीक्षा गर्न बैठक बोलाइएको जानकारी दिंदै प्रवक्ता श्रेष्ठले वैठकमा अरु नियमित कार्यसूची पनि रहेको बताएका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको कदम उठाएपछि सत्तारूढ पार्टी नेकपा विभाजित अवस्थामा पुगेको थियो ।

    विभाजित प्रचण्ड–माधव समूह अहिले सडक आन्दोलनमा छ । आजको बैठकमा आन्दोलनको समीक्षा गरिने प्रवक्ता श्रेष्ठले बताए । यसैबीच निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारवाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरूलाई नागरिकतासहित काठमाडौंमा उपस्थित हुन सर्कुलर जारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology