Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा प्रचण्ड–नेपाल समूह समर्थित अनेरास्ववियूले चौथो चरणको आन्दोलन घोषणा

नेकपा प्रचण्ड–नेपाल समूह समर्थित अनेरास्ववियूले चौथो चरणको आन्दोलन घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७७ शुक्रवार • १२:३४:५२ बजे
  • 1.6K
    SHARES
  • नेकपा प्रचण्ड–नेपाल समूह समर्थित अनेरास्ववियूले चौथो चरणको आन्दोलन घोषणा

    नेकपा (प्रचण्ड–नेपाल) समूह समर्थित अनेरास्ववियूले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गरेर ओली नेतृत्वको सरकारले असंवैधानिक कदम उठाएको भन्दै अनेरास्ववियूले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

    images

    अनेरास्ववियूले घोषणा गरेको आन्दोलनअनुसार, जुत्ता हान्नेदेखि बालुवाटार घेराउसम्म रहेको सहसंयोजक रञ्जित तामाङले बताए । प्रेस विज्ञप्ति चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा लोकतन्त्र र संविधानको चिरहरण गर्दै असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर ओली सरकारले एकपछि अर्को गर्दै चाल्दै आएको प्रतिगमनकारी कदमका विरुद्ध अनेरास्ववियू गत पुष ५ गतेदेखि नै निरन्तर आन्दोलनरत छ । प्रतिगमन नसच्चिंदासम्म हाम्रो आन्दोलन निरन्तर जारी रहंनेछ ।

    यसविचमा एकातिर प्रतिगमनकारी तत्वहरु चौतर्फी रुपमा एक्लिंदै गएका छन् भने अर्कोतिर प्रतिगमन विरोधी शक्तिहरुको मोर्चा र आन्दोलन थप व्यापक , सशक्त र फराकिलो वन्दै गएको छ । यसै सन्दर्भमा तेस्रो चरणसम्मको आन्दोलनलाई सफल पार्न विभिन्न ढंगले साथ , सहयोग र समर्थन गर्ने सवैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै तपशिल वमोजिम चौथो चरणको कार्यक्रम घोषणा गर्दछौं स् चौथो चरणका सङ्घर्षका कार्यक्रमहरु –

    १. ०७७ फागुन ६ गते – पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विहान देशभरका कलेज अगाडि विरोध प्रदर्शन । दिउँसो १ वजे आयल निगम घेराऊ सहित ज्ञापनपत्र बुझाउने । अपरान्ह ३।३० वजे टुंडिखेल वरिपरि मानव साङ्लो ।

    २. ०७७ फागुन ७ गते ११ वजे ( विश्वविद्यालय ब्यवस्थापन , अनुदान र छात्रवृत्तिमा भएको अपारदर्शीता र अनियमितता विरुद्ध विश्वविद्यालय अनुदान आयोग कार्यलयमा धर्ना र ज्ञापनपत्र ।

    ३. ०७७ फागुन ८ गते १ वजे ( अनेरास्ववियूका पुर्व अध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा श्रद्धाञ्जली सभा , स्थान आरआर क्याम्पस

    ४. ०७७ फागुन १० गते २ वजे – प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम ।

    ५. ०७७ फागुन ११ गते ११ वजे – त्रिवि घेराउ सहित मागपत्र पेश गर्ने ।

    ६. ०७७ फागुन १३ गते १ वजे – सम्माननीय सभामुखलाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने ।

    ७. ०७७ फागुन १४ गते (प्रतिगमन विरुद्ध मार्चपास ।

    ८. ०७७ फागुन १६ गते ११ वजे – प्रतिगमन , महङ्गी र भष्ट्रचारका विरुद्ध सिंहदरबार अघि थाल ठटाउने जुलुस । उपत्यका बाहिर सिडियो कार्यालय अगाडि ।

    ९. २०७७ फागुन १८ गते १ वजे – प्रतिगमनका विरुद्ध शंख जुलुस सहित बालुवाटार घेराउ । उपत्यका बाहिर सिडियो कार्यालय अगाडि ।

    रञ्जित तामाङ

    सहसंयोजक

    मितिः २०७७/११/०६

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology