प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि बहस सकिएको छ । सो मुद्दामा पक्ष–विपक्ष र एमिकस क्युरीको तर्फबाट बहस गर्ने क्रम सकिएको हो ।
एमिकस क्युरीका पाँच सदस्यमध्ये गीता संग्रौलाले बहस टुंग्याएपछि फागुन ११ गतेपछि कुनै पनि दिन फैसला आउने भएको छ । एमिकस क्युरीको रायसँगै फागुन १० गतेसम्म बहस नोट पेश गर्न समय दिइएको छ । ११ गतेपछि फैसलाको प्रक्रिया शुरु हुने र त्यसपछि जतिबेला पनि फैसला आउने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले इजलासमा जानकारी दिए ।
प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा पुस ७ गते नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरु र अन्य विभिन्न व्यक्तिले रिट दायर गरेका थिए । ठिक २ महिनापछि संवैधानिक इजलासमा बहस सकिएको हो । प्रधानन्यायाधीश राणाको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी न्यायाधीश सदस्य छन् ।