Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज पनि घट्यो सुनको भाउ, प्रतितोला ८८ हजार २ सयमा कारोबार हुँदै

आज पनि घट्यो सुनको भाउ, प्रतितोला ८८ हजार २ सयमा कारोबार हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७७ शुक्रवार • १५:५४:५९ बजे
  • 1.1K
    SHARES
  • आज पनि घट्यो सुनको भाउ, प्रतितोला ८८ हजार २ सयमा कारोबार हुँदै

    सुनको भाउ आज पनि घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावाला सुनको भाउ आज एक हजारले घटेर ८८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    यससंगै आजको भाउ पछिल्लो ८ महिना यताकै सस्तो भएको छ । पछिल्लो मंगलबार यता मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको हो । महासंघले आज तेजावी सुनका भाउ ८७ हजार ७५० रुपैयाँ तोकेको छ । यस्तै चाँदी पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।

    बिहीबार १३ सय ३५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ १३ सय ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । सुनको भाउ बढ्नुको कारण अमेरीकी नयाँ राष्ट्रपतिले पदभार सम्हालेपछि कोभिड प्रभावितका लागि घोषणा गरेको सहुलियत प्याकेज भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डलर थप मजबुत बन्दै जानु, लगानीको वातावरण सहज बन्नु जस्ता कारणले सुनमा गरिने लगानी घटेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology