Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्डले राखे ओलीसमक्ष नौबुँदे प्रस्ताव,के छ प्रस्तावमा ?

प्रचण्डले राखे ओलीसमक्ष नौबुँदे प्रस्ताव,के छ प्रस्तावमा ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७७ बिहिवार • ०८:१८:१६ बजे
  • 3.5K
    SHARES
  • प्रचण्डले राखे ओलीसमक्ष नौबुँदे प्रस्ताव,के छ प्रस्तावमा ?

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रवृतिगत सुधारसहित नौवटा बुँदा छलफलमा राखेका छन्।

    images

    दुई अध्यक्षबीच लामो समयको बहस र छलफलपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग दाहालले सहमती नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्नेसहितका नौबुँदे प्रस्ताव राखेका खबर आजको नागरिक दैनिकमा टेकेन्द्र कार्कीले लेखेका छन्।

    पटकपटकका छलफलमा ओलीले पार्टीअध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान लिएपछि दाहालले आफ्नो तर्फबाट लचकता अपनाएर सहमतीका लागि नयाँ प्रस्ताव अघि सारेका हुन्।

    यस्ता छन् प्रचण्डका प्रस्ताव
    -पार्टीको निर्णय मान्नुपर्ने
    -पार्टी एकताको समयमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने
    -गत मंसिमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने
    -वामदेव गौतमबारे गरिएको निर्णय कार्यान्वयन गर्नुपर्ने
    -नयाँ सहमति गरेर अघि बढ्न सकिने
    -माधव नेपाललाई बाइपास गर्न नसकिने
    -सहमति नभएका विषयमा ‘नोट अफ डिसेन्ट’ लेख्न सकिने
    -त्रिपक्षीय सहमति गर्नुपर्ने
    -मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology