Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अरुचाहिँ पदमा बस्न अयाेग्य छन्, हामी धेरै जिम्मेवार छौं ,सूर्य थापाको दाबी

अरुचाहिँ पदमा बस्न अयाेग्य छन्, हामी धेरै जिम्मेवार छौं ,सूर्य थापाको दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७७ शनिवार • १२:१२:१७ बजे
  • 1.7K
    SHARES
  • अरुचाहिँ पदमा बस्न अयाेग्य छन्,  हामी धेरै जिम्मेवार छौं ,सूर्य थापाको दाबी

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–२ का प्रमुख तिलक परियारलाई बर्खास्त गर्दै देशद्रोहको अभियोग लागेका राजेश झालाई प्रदेश प्रमुखमा नियुक्त गरेपछि उपराष्ट्रपति र सभामुखले शितलनिवासको सपथग्रहण बहिस्कार गरेका थिए।

    images

    उपराष्ट्रपति पुन, सभामुख सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सपथग्रहण समारोहमा अनुपस्थित रहेपछि थापाले आक्रोश पोखेका हुन्। प्रधानमन्त्रीको सचिवालयको जिम्मेवारीमा रहेर अराजक गालीगलौज गरेको भन्दै थापाको स्टाटसमा आलोचना गर्दै कमेन्टको वर्षा भएको छ। थापाको स्टाटस सहित लोकपाटीले समाचार लेखेको छ ।

    यस्तो छ थापाको स्टाटस

    अस्पताल भर्ना भएको वा उपस्थित हुन नसक्ने गरी गम्भीर स्वास्थ्य समस्यामा रहेको अवस्थामा पूर्वजानकारी गराएरबाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमको उपस्थिति स्वेच्छिक होइन र हुनै सक्दैन। उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघको महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी हो। अझ नबोल्ने सम्मानित पदमा बसेर यस ढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन।

    पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्याधीशहरू, पूर्वउपकूलपति र पूर्वप्रमुख निर्वाचन आयुक्तजस्ता ‘पूर्वहरू’को बिजोग त यसअघि नै सार्वजनिक हुँदै आएको अधोपतन छँदै थियो। बहालवाला उपराष्ट्रपति र सभामुखको यसप्सकारको अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पो लाजमर्दो भयो ! गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बोलाइएको बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवरोध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह बहिस्कार गर्ने, अनि पदीय मर्यादा र गरिमाको खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीको स्थानमा बसिरहनेर टाँसिइरहने ?

    सरकारविरुद्द विभिन्न अनुचित भेटघाट, गोप्य र रहस्यमय बैठकहरू आ–आफ्ना निवासमा आयोजना गरिरहने, यो के रवैया हो ? राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक योग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबोधको कमी, अभाव र हैसियतको दुरूपयोगको समस्या नै देखिएको हो कि यो खासमा के हो ? पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताको संकटमा उपचार के हुन्छ ? सचेत नागरिक तहमा उठिरहेका गम्भीर प्रश्नहरू !

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology