Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संसद विघटन प्रधानमन्त्रीको अधिकार हो : सुवासचन्द्र नेम्वाङ

संसद विघटन प्रधानमन्त्रीको अधिकार हो : सुवासचन्द्र नेम्वाङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७७ शनिवार • १५:५१:३४ बजे
  • 3.8K
    SHARES
  • संसद विघटन प्रधानमन्त्रीको अधिकार हो : सुवासचन्द्र नेम्वाङ

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले नेपाली जनताले निर्वाचनका पक्षमा फैसला गरिसकेको बताएका छन् । नेता नेम्वाङले जनताले मध्यावधि चुनाव अनुमोदन गरिसकेको दाबी गरेका छन्।

    images

    शनिबार विराटनगरमा आयोजित ओली समूहको जनसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको चुनावलाई ‘लाखौं लाख जनताले अनुमोदन गरिसकेको’ जिकिर गरे। ‘लाखौं जनताको जनलहरले आगामी वैशाख १७ र २७ को चुनाव अनुमोदन गरिसकेको छ,’ उनले भने,‘नेपालको सन्दर्भमा नेपाली जनता निर्वाचन चाहन्छन्।

    दुधको दुध पानीको पानी छुट्याउन जनताले फैसला गरिसके। तर, हामी सर्वोच्चको फैसला कुरिरहेका छौं। केहीले संसद विघटनलाई असंवैधानिक भनेपनि प्रधानमन्त्री ओलीले संसद विघटन प्रधानमन्त्रीको अधिकार रहेको भनिरहेको नेम्वाङको भनाई छ।

    केही साथीहरु संसद विघटन संविधान संसदीय मुल्यमान्यता विपरीत भनिरहेका छन, नेम्वाङले भने,प्रधानमन्त्रीजी संसद विघटन प्रधानमन्त्रीको अधिकार हो भनिरहनुभएको छ। 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेम्वाङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology