एजेन्सी । कोरोना भाइरसका संक्रमितको संख्या एकदिनमा अहिलेसम्मकै धेरै पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३४ हजार २ सय ४५ ले बढेको छ । यो एकदिनमा देखिएको अहिलेसम्मकै धेरै संख्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अघिल्लो दिन २ लाख १८ हजार ८ सय ८२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या पनि बढेर ५ हजार ७ सय ५४ पुगेको छ । अघिल्लो दिन ५ हजार ४ सय ७५ जनाको ज्यान गएको थियो । सबैभन्दा धेरै ब्राजिलमा पछिल्लो २४ घन्टामा १ हजार २ सय ६१ जनाले ज्यान गुमाएका छन् ।