Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्यानमारमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागि दुई व्यक्तिको मृत्यु

म्यानमारमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागि दुई व्यक्तिको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण ९, २०७७ आइतवार • १०:२६:५८ बजे
  • 1.6K
    SHARES
  • म्यानमारमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागि दुई व्यक्तिको मृत्यु

    म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्मीद्वारा चलाएको गोली लागि कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।

    images

    म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

    आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनुपरेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने ।

    घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए ।

    एक अर्का स्वयम्सेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको सङ्ख्या दुई पुगेको पुष्टि गरे ।

    म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक कू मार्फत् हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ । एएफपी

  • सम्बन्धित विषय:

  • # म्यानमार
  • # गोली
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology