Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज फेरी सुनचाँदीको भाउ बढ्यो

आज फेरी सुनचाँदीको भाउ बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७७ आइतवार • १२:१३:३४ बजे
  • 1.8K
    SHARES
  • आज फेरी सुनचाँदीको भाउ बढ्यो

    हप्ताको पहिलो दिन सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ ।

    images

    यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

    शुक्रवार असल चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology