Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फेसबुकले बन्द गरिदियो म्यानमार सैनिकको पेज

फेसबुकले बन्द गरिदियो म्यानमार सैनिकको पेज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७७ आइतवार • १५:५१:०५ बजे
  • 1.7K
    SHARES
  • फेसबुकले बन्द गरिदियो म्यानमार सैनिकको पेज

    एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले म्यानमार सैनिकको पेज बन्द गरिदिएको छ। फेब्रुअरी १ मा भएको सैन्य कूको विरोधमा उत्रिएका दुई जना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्डअनुसार सैनिकको पेज बन्द गरिएको जनाएको छ।

    images

    म्यानमारको सैनिकलाई तात्मादअ भनेर चिनिन्छ। उसको ट्रु न्युज पेज आइतबारदेखि फेसबुकमा देखिएको छैन ।

    फेसबुकको यो कदमबारे म्यानमारको सैनिकले कुनै प्रतिक्रिया दिएको छैन। यसअघि आइतबार भएको प्रदर्शनका क्रममा मन्डालय सहरमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो। म्यानमारका नागरिक दुई सातादेखि सैनिक कूविरूद्ध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ।

  • सम्बन्धित विषय:

  • # म्यानमार सैनिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology