Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केपी ओलीले गरेको प्रतिगमनलाई हामी जित्छौं:प्रचण्ड

केपी ओलीले गरेको प्रतिगमनलाई हामी जित्छौं:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७७ आइतवार • २२:४४:१६ बजे
  • 3.1K
    SHARES
  • केपी ओलीले गरेको प्रतिगमनलाई हामी जित्छौं:प्रचण्ड

    शेरबहादुर परियार,यूरोप/ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले गरेको प्रतिगमनलाई नेपाली जनताको शक्तिले परास्त गरि    जित्ने बताए। 

    images

    नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा भएको  नेपालको राजनीति:कता जान्छ,के हुन्छ?अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले इतिहासको निर्माता जनता भएको र इतिहासमा ठूलाठूला परिवर्तन जनताले गरेको भन्दै प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने भन्दै यस्तो बताएका हुन्।
     
    'पार्टी एकताको बैचारिक तथा सैद्धान्तिक धरातल मार्क्सवाद, लेनिनवाद र समाजवाद उन्मुख जनताको जनवाद प्रस्ट थियो तर त्यसको कार्यान्वयनमा केपी ओलीले बेइमान गरे।आफैले अघि सारेको प्रधानमन्त्रीलाई समयमा नियन्त्रण गर्न नसक्दा ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई केपी ओलीले एकै झट्कामा चकनाचुर पारे यसका लागि  म माफी माग्छु।तर केपी ओलीले देशलाई अँध्यारो सुरुङभित्र लाने प्रयासलाई सर्वोच्च अदालतले रोक्ने र देश संविधानको बाटोमा पुन फर्कनेछ' दाहालले बताए। 

    अध्यक्ष प्रचण्डले पार्टीको तर्फबाट सरकारलाई कयौं दबाब दिंदादिदै पनि कोभिडको कारणले प्रवासमा तपाईँहरूले जुन दुःख पिडा भोग्नु पर्यो,समयमा आफ्नो मातृभूमि आउन सक्नु भएन त्यो सरकारको अदूरदर्शीले गर्दा भयो तर अब हामी आउने दिनमा हुन दिने छैनौं।प्रवासमा रहेका नेपालीलाई राहत दिन,नेपाली नियोगको संस्थागत परिचालन, गैरआवासीय नेपालीलाई कानुन बमोजिम दोहोरो नागरिकता प्रदान, गोर्खाहरूको समानताको मागमा ऐक्यबद्धता, प्रवासको पार्टी कामलाई मान्यता दिने लगायतका बिषयमा पार्टी स्पष्ट रहेको बताए। 

    त्यसैगरी कार्यक्रमलाई संबोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले "केपी ओलीजीसंग जनताले लडेर ल्याएको यो परिवर्तनप्रति कुनै अपनत्वबोध छैन ।जब आज हामीले समाजवादको यात्रालाई अगाडि बढाउनुपर्ने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने, संघीय व्यवस्थालाई बलियो बनाउनुपर्ने बेलामा प्रतिगामी कदमको कारण आज देश असामान्य अवस्थामा पुगेको छ। दुई तिहाइको सरकार भत्काएर जनतामा  जान्छु भन्नु केपी ओलीको भनाइ अत्यन्त्य रहस्यमय छ।केपीले संविधान, संघीयता, लोकतन्त्र, जनअधिकार र जनचाहनाविरुद्ध कदम चालेका कारण समाज प्रतिगमन विरुद्धको मोर्चामा गोलबन्द भएको बताए। 

    भुसालको भनाई छ 'नेपाली जनताले निकै दुःखले आर्जेको संविधानमाथि प्रधानमन्त्री ओलीले प्रहार गरे। ओली अझ तानाशाह बन्न सक्छन् त्यसको लागि लड्न तयार रहनु पर्छ।पार्टी राम्रो हुने तर नेतृत्व नराम्रो हुने,संविधान राम्रो हुने तर कार्यान्वयन गर्ने व्यक्ति गलत हुनु , पार्टीले जनतासँग चुनावी घोषणापत्र मार्फत गरेका बाचा सहि हुनु तर सरकारको नेतृत्व केपी ओली जस्तो हुनु नै अहिलेको अन्तरविरोधको मुख्य कारण हो।केपी ओलीले बनाउन चाहेको पार्टी चुनाव देखि चुनाव सम्म खालको हो यसले देशलाई समृद्ध र समुन्नत बनाउन सक्दैन'।

    भर्चुअल प्रविधि मार्फत भएको कार्यक्रम पार्टी समन्वय कमिटीका अध्यक्ष युवराज चौंलागाईको अध्यक्षता सचिव श्रीप्रसाद शाहको सञ्चालन र राजेन्द्र पुडासैनीको सहजिकरणमा भएको थियो।  कार्यक्रममा प्रवासमा रहेका लगभग ५०० अगुवा कार्यकर्ताको प्रत्यक्ष सहभागिता रहको  थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology