Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाइपलाइनमा १२ कम्पनीका आईपीओ

पाइपलाइनमा १२ कम्पनीका आईपीओ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७७ सोमवार • १०:०२:४० बजे
  • 1.3K
    SHARES
  • पाइपलाइनमा १२ कम्पनीका आईपीओ

    एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ वटा कम्पनीलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ ।

    images

    दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ता जोखिम कम हुने भएकोले कम्पनीले जारी गर्ने साधारण सेयर (आईपीओ) लगानी गर्ने गर्छन् । त्यसैले कुनै आईपीओ खुल्ने बित्तिकै मागभन्दा अत्याधिक बढी आवेदन पर्ने गर्छ । आईपीओमा प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गरिएको सेयर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ ।

    बोर्डमा आवेदन दिएका मध्ये ३ वटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ भने ३ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ । अन्य ६ वटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन् । यसबीच यो वर्ष ११ वटा कम्पनीको आईपीओ निष्कासन भइसकेको छ भने अन्य १२ वटा कम्पनीको सेयर पाइपलाइनमा रहेका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology