Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भ्रातृ संगठन पेन्डुलम, नेतालाई एनजिओको भर

भ्रातृ संगठन पेन्डुलम, नेतालाई एनजिओको भर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७७ सोमवार • १०:०७:४० बजे
  • 3.7K
    SHARES
  • भ्रातृ संगठन पेन्डुलम, नेतालाई एनजिओको भर

    पार्टीका भ्रातृ संगठनहरुको महाधिवेशन गराउनुको साटो नेपाली काँग्रेसका नेताहरु त्यसलाई पेन्डुलम बनाएर नेताका नाममा स्थापना भएका एनजिओलाई सक्रिय बनाउन लागिपरका छन् ।

    images

    १३ मध्ये ११ भ्रातृ संगठनले कार्यकाल गुजारिसकेका छन् । तर, महाधिवेशन गराउन कुनै चासो र पहल नगरेका शीर्ष नेताहरुले पार्टीभित्रको गुट चलाउन भने एनजिओको सहारा लिएका छन् । पूर्वजहरुका नाममा संस्था स्थापना गरेर पार्टीका शीर्ष नेताहरु नै गुट चलाउन सक्रिय छन् ।

    पार्टीका तत्कालीन सभापतिहरु बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि मंगलादेवी सिंह र नोना कोइरालाका नाममा संस्थाहरु स्थापना भएका छन् । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंहका नाममा दर्जनभन्दा बढी संस्था स्थापना भएका छन् ।

    ती संस्थाहरुले आफूखुसी र आफूअनुकूल कार्यक्रमहरु र विचारहरु बाहिर ल्याइरहेका छन् । केन्द्रीय कार्यालय के कति संस्था स्थापना भएका छन् र तिनले के काम गरिरहेका छन् भन्ने विषयमा अनभिज्ञ छन् ।, आजको नागरिक दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology