Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजदूतको हत्या

अफ्रिकी मुलुक कंगोमा इटालीका राजदूत लुका अट्टानासिओको हत्या

अफ्रिकी मुलुक कंगोमा इटालीका राजदूत लुका अट्टानासिओको हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १०, २०७७ सोमवार • १८:३८:२० बजे
  • 3.9K
    SHARES
  • अफ्रिकी मुलुक कंगोमा इटालीका राजदूत लुका अट्टानासिओको हत्या

    पोखरा - अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिकन कंगोमा इटालीका राजदूत लुका अट्टानासिओको हत्या भएको छ । इटालीको विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेको एक विज्ञप्ति अनुसार सोमबार संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका सैन्य दलमा भएको आक्रमणमा उनको मृत्यु भएको हो । अपरिचित समूहले गरेको यो आक्रमणमा परी उनीसँगै अर्का एक सुरक्षाकर्मीको पनि मृत्यु भएको छ ।

    images

    कंगोको पूर्वी क्षेत्रमा रहेको संयुक्त राष्ट्रसंघको शान्ति मिसन मोनुस्कोमा आफ्नो कारमा यात्रा गरिरहेको समयमा अट्टानासिओमाथि आक्रमण भएको हो । कंगोका अधिकारीहरुले आक्रमणकारीले गोली लागी अट्टानासिओको मृत्यु भएको बताएका छन् ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार कंगोको सेनाले अहिले आक्रमणकारीको खोजीको प्रयास भइरहेको बताएको छ । इटालीका सञ्चारमाध्यमकाअनुसार आक्रमणकारीहरुले शान्ति मिसनमा गएका सैनिकलाई पक्राउ गर्ने प्रयास गरिरहेका थिए ।

    यो आक्रमण कंगोको नर्थ किभु प्रान्तको राजधानी गोमामा स्थानीय समयअनुसार सवा १० बजे भएको हो । यो प्रान्तमा लामो समयदेखि सशस्त्र समूहले हिंसात्मक आक्रमण गर्दै आएका छन् । अट्टानासिओ सन् २०१९ को सुरुआतदेखि कंगोको राजदूत रहँदै आएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology