Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रिहा गर्ने आदेश दिए लगत्तै पुनः पक्राउ

विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए लगत्तै पुनः पक्राउ

विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए लगत्तै पुनः पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण १०, २०७७ सोमवार • १८:५९:४३ बजे
  • 1.8K
    SHARES
  • विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए लगत्तै पुनः पक्राउ

    नेत्रविक्रम चन्द विप्लव नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई नेपाल प्रहरीले पुनः पक्राउ गरेको छ ।

    images

    सोमबार आज नेता बास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले पुनः सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो ।

    न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बाँस्तोलालाई फरक आस्था र विचार राखेका कारण थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गरिदिन आदेश दिएको हो । पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो ।

    न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले माघ १५ गते बन्दी बनाउनाको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनका साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो ।

    नेकपाका पश्चिम कमाण्ड इञ्चार्ज रहेका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको आरोप लागेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology