Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वलीको मुखमा बार्ता,दिमागमा दमन, बास्तोला पुन:गिराफ्तार

वलीको मुखमा बार्ता,दिमागमा दमन, बास्तोला पुन:गिराफ्तार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७७ सोमवार • १९:३५:५२ बजे
  • 2.8K
    SHARES
  • वलीको मुखमा बार्ता,दिमागमा दमन,  बास्तोला पुन:गिराफ्तार

    नेपाल कम्युनिष्ट पार्टीका स्थायि समिती सदस्य धर्मेन्द्र बास्तोलालाई सर्बोच्च अदालतले रिहाई गर्न दिएको बाध्यकारी आदेश उल्लंघनगर्दै प्रहरीले पुन: पक्राऊ गरेको छ।

    images

    नेता धर्मेन्द्र बास्तोलाको तर्फ देखी अनिमा बास्तोला भण्डारीले दर्ता गरेको रिट निबेदन माथी सर्बोच्च अदालतका माननिय न्यायधिशहरुमिरा खड्का र सुष्मालता माथेमाको संयुक्त ईजलाशले नेता धर्मेन्द्र बास्तोलालाई फरक बिचार र आस्था राखेकै कारण पटक पटक अदालत परिसर बाटै पक्राऊ गरी बिभिन्न जिल्ला लगेर थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट अनुचित देखिएको भन्दै यथाशिघ्र रिहाई गर्न आदेश दिएको छ।सर्बोच्चको आदेशमा नेता बास्तोलालाई यस अघि पनि पटक पटक बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकोमा रिहाई नगरी थुनामा राख्ने कार्य भएकोले अब पनि त्यहीबिषयमा पक्राऊ गरिएमा बिपक्षीलाई सॅबिधानको धारा १२८(४) तथा न्याय प्रशासन ऐन २०७३ को दफा १७ अनुसार कारबाही गर्ने समेतआदेश दिएको छ।

    निबेदकको तर्फ बाट बरिष्ठ अधिबक्ताद्वय एकराज भण्डारी,चण्डेश्वर श्रेष्ठ,अधिबक्ताहरु शिव कुमार यादब,सन्तोष कोईराला,खिमानन्दअधिकारी लगाएत बिद्दावन अधिवक्ताहरुले बहस गर्नु भएको थियो।

    सर्बोच्चको आदेश पछि अदालत परिसरबाट बाहिर निस्किदै गर्दा अदालतको गेटमा नै वकिल,पत्रकार,तथा पार्टीका कार्यकर्ताहरुकोचर्को बिरोधको बाबजुद पनी प्रहरीले नेता बास्तोलालाई अपमानजनक हिसाबले जबरजस्त गिराफ्तार गरेको र पुर्जी समेत नदिई कहॅालैजान लागेको जानकारी समेत नदिई बेपत्ता बनाएको अघिबक्ता सन्तोष कोईरालाले जानकारी दिनु भयो।

    बार्ताको हल्ला फिजाएर दिउॅसो सम्म बास्तोलालाई छाड्ने अनुमान गरिएको बेला सरकारको यो रबैयाले सरकार बार्ता को नाममा खतरानाक दमनको तयारीमा रहेको र यसको जमेर प्रतिरोध गर्ने नेकपाले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # बिप्लब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology