Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानन्यायाधीशसँग प्रधानसेनापतिको ‘विवादास्पद’ भेट

प्रधानन्यायाधीशसँग प्रधानसेनापतिको ‘विवादास्पद’ भेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७७ मंगलवार • १०:०५:२५ बजे
  • 1.1K
    SHARES
  • प्रधानन्यायाधीशसँग प्रधानसेनापतिको ‘विवादास्पद’ भेट

    कूटनीति र सुरक्षा क्षेत्रमा टाइमिङ र स्पेसको महत्त्व कति हुन्छ यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन । नेपाली सेनामा त यसबारे पढाउने र सिकाउनेसमेत गरिन्छ ।

    images

    तैपनि सेनापति थापाले सोमबरा दिउँसो यो विषयलाई खासै मतलब राख्न चाहेनन्, जसलाई लिएर सार्वजनिक वृत्तमा चर्चा सुरु भएको छ । सोमबार दिउँसो करिब सवा १ बजे थापा जंगी अड्डाबाट निस्केर नजिकै रहेको सर्वोच्च अदालतमा पुगी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग करिब १ घण्टा भेटवार्ता गरे ।

    प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमाथि प्रतिनिधिसभा विघटनको पक्ष वा विपक्षमा निर्णय लिनुपर्ने निर्णायक दबाब परिरहेको बेला सेनापति अन्य कारण देखाउँदै अदालतभित्र छिरेका हुन् । सेनाका बहालवाला एवम् पूर्वअधिकारीहरुका अनुसार यस्तो दृश्य यसअघि कहिल्यै देखिएको थिएन ।

    मैले सेनामा ३० वर्ष काम गरेँ, अहिलेसम्म यस्तो घटना कहिले पनि देखेको थिइनँ,’ एक सैनिक पदाधिकारीले भने । सर्वोच्च अदालतका पूर्वन्यायाधीश, पूर्वरक्षामन्त्री, सुरक्षाविद्लगायतले त्यसलाई संवेदनशील समयको रहस्यमय एवम् अर्थपूर्ण भेटको संज्ञा दिएका छन् ।, आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology